आज यसकारण हुने छैन सरकारको नियमित पत्रकार सम्मेलन

आज यसकारण हुने छैन  सरकारको नियमित पत्रकार सम्मेलन

काठमाडौं, २ जेठ । सरकारले प्रत्येक हप्ताको बिहीबार आयोजना गर्दै आएको नियमित पत्रकार सम्मेलन आज नहुने भएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल फेशबुकमार्फ उक्त जानकारी प्रसारण गरेका हुन् ।

मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्रीको विदेश भ्रमणका कारण अघिल्लो हप्ता मन्त्रीपरिष्द बैठक नबसेकाले प्रत्येक हप्ता हुदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको हो ।