विना पासपोर्ट नै पेरिस घुमिरहेका छन् मन्त्री पुन

विना पासपोर्ट नै पेरिस घुमिरहेका छन् मन्त्री पुन

२ जेठ, काठमाडौं । फ्रान्समा जारी विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाइड्रोपावर कंग्रेस) मा भाग लिन पेरिस पुगेका उर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पासपोर्ट भने यतिवेला काठमाडौंस्थित अमेरिकी दूतावासमा रहेको परराष्ट्र मन्त्रालयको एक स्रोतले बताएको छ । उनी पासपोर्ट विना नै यतिवेला पेरिसमा घुमिरहेका छन् । 

उनी पेरिसमा पुगेपछि आफ्नो कूटनीतिक पासपोर्ट अरुकै हात नेपाल पठाएर अमेरिकी दूतावासमा भिसा लगाउन लगाएका छन् । सामान्यतः कूटनीतिक पासपोर्ट अरुलाई बोकाइदैंन । यदि फ्रन्सको प्रशासनले उनको पासपोर्ट चेक गरेर गैरकानुनी ठहर गरिदियो भने मन्त्री पुनको बेइज्जती हुँदैन ? किन यस्तो जाखिम मोलेको होला ? 

नेपालमा रहदैं अमेरिका जाने योजना थियो भने मन्त्री पुनले किन अमेरिकाका लागि भिसा लगाएनन् ? उनको पेरिस पुगेपछि नै अमेरिका जाने आकस्मिक योजना बनेको हो भने पनि नेपाल फर्केर गएको भए पनि हुने थियो । 


पछिल्लो समय नेपालको राजनीतिमा अमेरिकाको सक्रियता ह्वात्तै बढेको छ । 

अमेरिका नेपालको राजनीति शुक्ष्म व्यवस्थापनमा लागेको छ । यसैको कडी जोड्न उनलाई बोलाएको हो या सयरका लागि मात्र उनी अमेरिका जाने हो त्यो भने थाहा हुन सकेको छैन । 


‘उनले कूटनीतिक पासपोर्ट अरुको हात पठाउँदा दुरुपयोग भयो भने उनको मात्र होइन नेपालकै बेइज्जत हुन्छ, यसमा मन्त्रीले ख्याल गर्नुपर्ने, बरु एक दिन आएर अमेरिका उडेको भए हुन्थ्यो’, कूटनीतिबारे जानकार एक जनाले नाम नबताउने शर्तमा झिल्कोलाई बताए ।   


पेरिसबाट अस्ट्रिया हुँदै अमेरिका जाने मन्त्रीको योजना बनेको उनी निकट स्रोतले बतायो ।