सिके राउतको पार्टीलाई धक्का, असन्तुष्ट पक्षले गरे जनतान्त्रिकसँग एकिकरण

सिके राउतको पार्टीलाई धक्का, असन्तुष्ट पक्षले गरे जनतान्त्रिकसँग एकिकरण

जनकपुर, २ जेठ । मुलधारको राजनीतिमा फर्केर जनमत पार्टी बनाएका डा. सिके राउतको पार्टीमा ठुलो धक्का पुगेको छ ।

सरकारसँग सहमति गरेर पृथकताबादी मुद्दा छोडेका राउतको विश्वासपत्र मानिएको जासर यादवसहितको असन्तुष्ट पक्षले जनमत पार्टीबाट बाहिरिदै जनतान्त्रिक तराई मुक्ति मोर्चासँग आज एकीकरण गरेको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज झा मुक्ति विवेक र असन्तुष्ट पक्षको तर्फबाट जासर यादवले संयुक्त रुपमा आज बिज्ञप्ती जारी गर्दै एकीकरण गरिएको जनाएको छ ।

जनभावना, शहिदको सपना, राष्ट्रिय हित, नागरिक सर्वाेच्चता, राष्ट्रिय स्वाधिनता, बिधीको शासन, लोकतान्त्रिक मुल्य र मान्यतालाई केन्द्रमा राखि भ्रष्टाचारहित पुर्ण समानतावादमा आधारित पुर्ण समतामुलक समानुपातिक समाबेशी शासन व्यवस्था र सम्बृद्ध राष्ट्रको पबित्र उद्देश्यकासाथ सरकार र जनतान्त्रिकबीच भएको सहमतिप्रति प्रतिबद्ध रहँदै एकिकरण गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समुहले आफुहरुसँग एकता गरेकाले थप उर्जा मिलेको जनतान्त्रिक तराईमुक्ति मोर्चाका राष्ट्रय अध्यक्ष मुक्तिको भनाई छ । 

सबै प्रकृया अन्तिम चरणमा पुगि सकेकाले जेठ २० गतेसम्म निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने गरी तयारी गरिरहेको बिज्ञप्तीमा जनाएको छ ।

मधेश र मधेशी जनतालाई पटकपटक सवै राजनितकि दलले धोका दिँदै आएकोले मधेशको मुक्तिका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता साथ असन्तुष्ट समुहसँग एकता गरेको अध्यक्ष मुक्तिको कथन छ ।