बल्खुमा आज मदन जीवराज स्मृति दिवस

बल्खुमा आज मदन जीवराज स्मृति दिवस

काठमाडौं । आज जेठ ३ मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस मदननगर बल्खुमा आयोजना गरिएको छ ।

२६औ मदन भण्डारी र जीवराज आश्रित दिवसको आयोजना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा यो कार्यक्रमको आयोजना गरिएको कृष्णगोपाल श्रेष्ठले जनाएका हुन् ।

माओवादी र एमालेबीच एकता भएपछि बनेको नेकपाले यो दिवस पहिलो पटक मनाउन लागेको हो ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । 

नेता भण्डारीलाई जनताको बहुदलीय जनवाद (जबज)को  विकास गर्ने नेताको रूपमा मानिएको छ ।