मदन भण्डारीका हत्याराको खोजी प्रक्रिया सुरु भएको छः गृहमन्त्री थापा

मदन भण्डारीका हत्याराको खोजी प्रक्रिया सुरु भएको छः गृहमन्त्री थापा

काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थावा 'बादल'ले जननेता मदन भण्डारी र जीवराज आश्रितकोे छिट्टै हत्यारा पत्ता लाग्ने बताएका छन् ।

हत्याराको खोजी  प्रक्रिया सुरु गरिएको भन्दै मन्त्री थापाले भने ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले यो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भण्डारीको सालिकमा माला लगाएर श्रद्धाञ्जी व्यक्त गरेका थिए ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।

मदनकी पत्नी विद्या भण्डारी राष्ट्रपति, केपी शर्मा ओली प्रधानमन्त्री र मदनका समकालीन यतिबेला सत्ताको सम्हालेर बसेका छन् । 

जीप चालक अमर लामाको पनि हत्या भइसकेको सन्दर्भमा मदनका हत्यारा कहिले र कसरी पत्ता लाग्ने हुन् त्यो भने हेर्न बाँकी छ ।