हात्तीले किच्दा बृद्धाको ज्यान गयो

हात्तीले किच्दा बृद्धाको ज्यान गयो

सिरहा, ४ जेठ । सिरहाको गोलबजार नगरपालिकामा जंगली हात्तीले किच्दा एक वृद्धाको ज्यान गएको छ । 

हात्तीले किच्दा गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो । 

छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासी अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।