"सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ"

"सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ"

काठमाडौं, ५ जेठ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लागेको बताएका छन् । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उनले भने, “यसले पार्टीलाई फाइदा पुग्दैन” । उनले पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने अडान राखे ।

कार्यक्रममा बोल्दै उनले काङ्ग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएकोसमेत दोहोर्याए । नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि काङ्ग्रेस अग्रसर हुनुपर्ने बताए ।