एग्जिट पोलको पूर्वानुमान मोदीले फेरि सरकार बनाउने

एग्जिट पोलको पूर्वानुमान मोदीले फेरि सरकार बनाउने

काठमाडौ । भारतीय लोकसभा निर्वाचनका बारेमा गरिएका सबै (एग्जिट पोल)मत सर्वेक्षण परिणामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पदावधि सुनिश्चित हुने देखिएकाएको छ ।

१९ मेमा सम्पन्न निर्वाचनको मत गणना २३ तारिखदेखि हुने भएको छ ।

तर मत सम्पन्न भइ मतदाताहरूसँग सोधिएको आधारमा गरिएका सार्वजनिक गरिएका सबै मत सर्वेक्षणले अन्ततः कुनै कुनै रूपमा मोदीले दोस्रो कार्यकालका लागि आवश्यक मत पाउने देखाएका छन् ।

तर सर्वेक्षणले मोदीको भारतीय जनता पार्टीलाई केही धक्का भने लाग्ने देखिएको छ ।

मोदी र उनको पार्टीले अपेक्षा गरे अनुसार बहुमतको परिणाम नआउने देखिएको हो ।

सन् २०१४मा भारतको उत्तर प्रदेशका ८० स्थान मध्ये ७१ स्थानमा जीत हासिल गरेको भाजपालाई धक्का लाग्ने देखिएको छ ।

तर पार्टीले उत्तर पश्चिम प्रदेशका स्थानमा पार्टीको बलियो पकड हुनुको साथै पश्चिम बंगालमा केही लाभ पार्टीलाई मिल्ने सर्वेक्षणहरूको निष्कर्ष रहेको छ । 

मोदीको पार्टीलाई कर्नाटकामा ठूलो धक्का लाग्ने भएको छ ।

यहाँ कांग्रेस गठबन्धनले राम्रो स्थान गर्ने देखिएको छ ।

 सन् २०१४मा हराएको कांग्रेसले यो निर्वाचनबाट केही स्थितिमा सुधार गर्न सक्ने अवस्था देखिएको छ ।

कुनै पनि पक्षलाई सरकार बनाउन ५४३ स्थान मध्ये २७२ स्थानको  आवश्यकता हुनेछ । 

मोदी नेतृत्वको भाजपा गठबन्धन(राष्ट्रिय लोकतान्त्रिक गठबन्धन–एनडीए)लाई २४२ देखि ३६५ स्थानसम्म प्राप्त हुने देखिएको छ भने कांग्रेस गठबन्धन – एकीकृत प्रगतिशील गठबन्धन –युपीए)ले ७७ देखि १६४ स्थान प्राप्त गर्ने देखिएको छ ।

यसका अतिरिक्त केही पार्टीहरूले यी दुई गठबन्धनका अतिरिक्त चुनाव लडेका छन् । समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोकदलको गठबन्धनले ६९ देखि १२५ स्थान प्राप्त गर्न सक्ने देखिएको छ ।

कतिपयले एग्जिट पोलले गलत निष्कर्ष निकालेको भारतमा लामो इतिहास रहेको बताउँछन् ।

 कंग्रेस डेटा एनालिटिक डिपार्टमेन्टका अध्यक्ष प्रवीण चक्रवर्तीले “  मत सर्वेक्षणलाई कसले पो वास्तविक परिणामसँग तुलना गरी बस्छ र? सन् २०१४मा सबै ठूला प्रान्तको निर्वाचन परिणाम गलत भएका थिए ।”

वास्तविक परिणाम अधि गरिएका पूर्वानुमान विधिहरूमा एग्जिट पोललाई अपिनियन पोलको तुलनामा बढी सही परिणाम निकट मान्ने गरिन्छ । 

विश्वभरि अपिनियन पोल र एग्जिट पोल हुने गरेका छन् ।

अस्ट्रेलियामा गरिएका सबै पूर्वानुमान गलत सावित भएको देखियो ।

यस्तै गलत परिणाम सन् २०१६मा अमेरिकी राष्ट्रपति पदको निर्वाचन र ब्रेग्जिटको निर्वाचनबारे गरिएका एग्जिट र अपिनियन पोलका परिणाम गलत साबित भएका थिए ।

भारतीय लोकसभा निर्वाचनका बारेमा गरिएको एग्जिट पोलको परिणामसँग मिलेर वास्तविक मतगणनाको परिणाम मिल्ने हो वा गलत साबित हुने हो त्यो त परिणाम आएपछि मात्र थाहा हुने हो ।