इरान अमेरिका युद्धले तेलको भाउ प्रति ब्यारल २५० अमेरिकी डलर पुग्ने

इरान अमेरिका युद्धले तेलको भाउ प्रति ब्यारल २५० अमेरिकी डलर पुग्ने

काठमाडौ । अमेरिका र इरानबीचको युद्ध भए तेलको भाउ प्रति ब्यारल २५० अमेरिकी डलर पुग्ने आंशका गरिएको छ ।

अमेरिका र इरानबीचको बढदो तनावले गर्दा सम्बद्ध पक्षले यस्तो चिन्ता व्यक्त गरेको पाइएको छ ।

 इरान र अमेरिका दुबैले आफूले युद्ध नचाहेको भनिरहँदा पनि यो युद्धको आंशका बढेर गएको तिनका अभिव्यक्तिहरूबाट देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको सर्वोच्च नेता अयतोल्लाह अलि खामेनी दुबैले युद्ध नचाहेको बताइरहेका छन् ।

तर दुबैले सैनिक गतिविधिलाई खाडी क्षेत्रमा बढाइरहेका छन् । ट्रम्पका सहयोगीहरूले इरानमा सत्ता परिवर्तन गर्न खोजिरहेकाले यो आशंका बढाएको हो ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन, विदेशमन्त्री माइक पोम्पेओ र इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेटस सबैले इरानको सत्ता फेर्नुपर्ने मनसाय व्यक्त गरिरहेको र त्यसक्षेत्रमा सैनिक तैनाथी भइरहेको छ ।