राष्ट्र संघ भन्छ – ‘दोस्रो विश्वयुद्ध यता परमाणु युद्धको जोखिम अहिले सबै भन्दा बढी’

राष्ट्र संघ भन्छ – ‘दोस्रो विश्वयुद्ध यता परमाणु युद्धको जोखिम अहिले सबै भन्दा बढी’

काठमाडौ । दोस्रो विश्वयुद्धयता परमाणु हातहतियारको उपयोग हुने जोखिम अहिले सबैभन्दा बढी भएको संयुक्त राष्ट्र संघको अनुसन्धान निकायका विज्ञहरूले बताएका छन् ।

उनीहरूले विश्वलाई  परमाणु जोखिमको यो चुनौतीलाई गम्भीररूपमा लिनुपर्ने आग्रह गरेका छन् ।

राष्ट्रसंघीय निःशस्त्रीकरण अनुसन्धान प्रतिष्ठानकी निर्देशिका रेनाटा डाउनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

परमाणु हातहतियार भएका सबै देशहरूले परमाणु आधुनिककरण कार्यक्रमलाई सञ्चालन गरिरहेको बताउँदै उनले चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धाले यो जोखिमलाई थप बल पु¥याएको बताइन् ।

हातहतियारमाथिको परम्परागत प्रवन्धहरू पनि नयाँ किसिमको युद्धको उदयबाट खिइरे गरिरहेका छन् ।

जेनेभामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन“ आक्रमण र रक्षाबीचको रेखा धमिलो भएको छ ।”

दुई दशक अघि निःशस्त्रीकरणको वार्ता आफै तुहिएको अवस्थामा पुगेको छ । परमाणु हातहतियारमाथि प्रतिबन्ध लगाउन गरिएको एक सन्धीमा १२२ देशहरूले हस्ताक्षर गरिसकेका छन् ।

परमाणु हातहतियारको प्रसार निषेध सन्धीलाई परमाणु हतियार नस्ट गर नामक अन्तर्राष्ट्रिय अभियानले समर्थन गरेको थियो ।

यो अभियानलाई सन् २०१७मा नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।

तर यो सन्धीलाई परमाणु हातहतियार भएका देशहरू अमेरिका, रूस लगायतका देशहरूले विरोध गर्दै आएका छन् ।