यो विरोधाभास भएन ? : अन्तर्राष्ट्रिय मिडिया मिशनको बोलावट, सञ्चारकर्मी असाञ्जेको गिरफ्तारीको मौनता

यो विरोधाभास भएन ? : अन्तर्राष्ट्रिय मिडिया मिशनको बोलावट, सञ्चारकर्मी असाञ्जेको गिरफ्तारीको मौनता

नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले नेपालमा प्रेस स्वतन्त्रता बरकरार राख्न भन्दै अन्तर्राष्ट्रिय मिडिया मिशन ल्याउने निर्णय गरेको छ । नेपालमा सरकारबाट नै प्रेस स्वतन्त्रताको हनन हुन थालेको निश्कर्षका साथ ऊ सडक आन्दोलनमा होमिइसकेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ठूला लगानीका कर्पाेरेट मिडियाले उसको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 

नेपालमा प्रेस स्वतन्त्रताको हनन भइसक्यो भनेर स्याल हुइयाँ गर्ने महासंघले जुलियन असान्जलाई युद्ध अपराधीहरूको अपराधको खुलासा गरेकोले विश्वका शक्तिशाली सरकारहरूले उनका विरूद्ध सबै शक्तिको प्रयोग गरी पक्राउ गरिएको घटनाको विरोधमा एउटा औपचारिक वक्तव्यको छेस्को पनि दिन आवश्यक ठानेन । 
 
इराकका विरुद्ध अमेरिकाले गरेको युद्धका बारेमा एक विश्लेषकले गरेको टिप्पणी, ‘इराकविरूद्ध अमेरिकी युद्ध मानव इतिहासकै सर्वाधिक मूर्खतापूर्ण एवम् सर्वाधिक निन्दनीयमध्येको एक थियो । यो असत्यमा आधारित, अपराधीहरू एवम् मूर्खहरूद्वारा सञ्चालन गरिएको, बाहिरबाट पेशेवर मगाइ हत्या गर्न लगाइएको युद्ध थियो, जुन  अहिलेसम्म सकिएको छैन् । प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा युद्धमा मारिए अतिरिक्त कयौं लाख मानिस अहिले शरणार्थीको रूपमा पूरै मध्य पूर्वमा छरिन पुगेका छन् । यी शरणार्थीहरूमा एक लाख भन्दा बढी सिरियाली शरणार्थीहरू रहेका छन् । विस्थापित इराकी सेनाबाट आईएसआईएसको उत्पत्ति भयो । यो अहिले दुनियाँमा उपद्रो मच्चाइरहेको छ । एक अज्ञान एवम् अहंकारको भारबाट थिचिएर एक साम्राज्य समाप्त भएको दृश्य दुनियाँका सामुन्ने घटित भएको थियो ।’

यो युद्धको क्रममा ढिलै भए पनि जुलियन असान्ज र विकिलिक्ससम्बद्ध उनका साथीहरूले चेल्सी म्यानिंगद्वारा भनिए अनुसार चुहाइएका दस्तावेज र भिडियो प्रसारण गरे । जसलाई हेर्दा अमेरिकी हिंसालाई त्यहाँको प्रवृतिलाई प्रस्ट्याउँछ । सबैभन्दा हानि पु¥याउने विषय युद्धपोतबाट अमेरिकी सैनिकहरूले ध्यानपूर्वक मानिस र रोयटरका कर्मचारी समेतलाई हत्या गरेको दृश्य देखिएको थियो । त्यस भिडियोमा देखिएका हत्याहरू कुनै पनि किसिमले न्यायपूर्ण देखिएको थिएन । यसलाई ‘कोलेटरल मर्डर’ भनियो जसमा आम मानिसलाई निर्ममतापूर्वक तारो बनाइएको थियो ।

असान्जमाथि  भनिएजस्तै यो भिडियो लिक गर्ने चोरीको आरोप अमेरिकाको एक न्यायमण्डलले लगायो । देखिए अनुसार असान्जलाई अमेरिकामा सुपुर्दगी गरिनेछ त्यहाँ उनलाई सुनुवाइमा उपस्थित गरिनेछ । उनलाई पत्रकारले जनताको हितमा सत्य कुरो बाहिर ल्याउन हुने नहुने विषयमा सुनुवाइको क्रममा परीक्षण गर्ने प्रयास गरिनेछ । 

यो कानुनी युद्धाभ्यास असान्जे विरूद्ध इराक युद्धमा अमेरिकाको छवि युद्ध अपराधीको जस्तो सार्वजनिक गरिएकाले राजनीतिकरूपमा प्रतिशोध साँध्न गरिएको देखिन्छ ।

नेशनल डेमोक्रेट र उदारवादी प्रेसले सन् २०१६ मा भएको राष्ट्रपति पदको निर्वाचनको क्रममा चुहिएको डीएनसी इमेल सार्वजनिक हुनुमा असान्जको भूमिकाले गर्दा विगत अढाई वर्षदेखि उनलाई दानवको रूपमा प्रस्तुत गर्दै आएका छन् । 

सरकारले असान्जको विरूद्ध दर्ता गरिएको मुद्दामा  चुहाइएको भिडियो र दस्तावेजसम्बन्धी सामग्रीमा विवाद छैन् । उनीहरू त्यही हुन जसको आँकाक्षा अनुसार अमेरिकी सैनिकहरूले आम नागरिकहरू र रायटरका कर्मचारीको हत्या गरे जो  तत्काल उनीहरूका लागि कुनै खतरा थिएनन् । हिलारी क्लिंटनका चुनावी अभियानका कर्मचारीहरूले बर्नी सैंडर्सलाई राष्ट्रपति पदको उम्मेदवारका लागि मनोनयन हुन पाउने दौडबाट बाहिर राख्न कसरी दबाब दिए ? हिलारीले आफ्नो राजनीतिक पद र हैसियतका बारेमा विवादास्पद जानकारी दिइन् । हिलारीले उनका दर्शक जे सुन्न चाहन्थे त्यस अनुरूप आफ्नो पद र हैसियतका बारेमा विवादास्पद जानकारी दिएकी थिइन् ।

असान्जले  सार्वजनिक गरेका प्रतिवेदनका आधारमा इराक युद्धमा संलग्न रहेका अमेरिकाका रिपब्लिकन र डेमोक्रेट्स सांसदहरूलाई युद्ध अपराधमा अभियोग लगाउनु पर्नेमा उल्टै असान्ज विरूद्ध अभियोग लगाउन थालिएको छ ।
 
असान्जले गरे त्यो धनी र शक्तिशालीहरूले गर्ने अपराधको खुलासा गरेका छन् । असान्ज र उनका विकिलिक्सले जे अपराध सार्वजनिक गरेका छन् त्यसका आधार बनाइ उनलाई अभियोग लगाउन हुँदैन । इराक युद्धमा भएका युद्ध अपराध गराउनेहरूलाई हेगका अदालतमा उभ्याएर सुनुवाइ शुरू गर्नुको साटो असान्ज विरूद्ध अभियोग तय गर्न सरकारहरू लागि परेका छन् । 

नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट तीन नै तहमा बाम बर्चस्वको सरकार छ । यो सरकारले कानुन बनाउने प्रक्रियामा लागेको छ । यसैलाई प्रभाव पार्न र विदेशी अजेण्डा घुसाउनका लागि नेपाल पत्रकार महासंघ, विदेशी डलर ल्याउने मानव अधिकारवादी संघ संस्थाहरुले अहिले नेपालमा प्रेस स्वतन्त्रता हनन भयो भन्दै विदेशी अजेण्डा स्थापित गरेर डलर ल्याउने खेलमा लागेका छन् । अन्तर्राष्ट्रिय शक्ति बोलाउनेले अमेरिकाबाट सिर्जित सबैभन्दा दुःख झेलिरहेका एउटा सञ्चारकर्मी असाञ्जेलाई परेको आपतको बारेमा किन बोल्दैनन ? यो स्पष्ट छ, त्यसमा बोल्दा पश्चिमाबाट आउने डलरको मुहान बन्द हुन्छ । 

अन्तर्राष्ट्रिय मिशन ल्याउन खोज्नेहरुले अन्तर्राष्ट्रिय रुपमा प्रेस स्वतन्त्रताको हननका बारेमा आएका विषयमा बोल्नु पर्दैन ? 

२०७६ साल जेठ ८ गते