देश विकास र सुरक्षाका निम्ति कडा कानून आवश्यकः गृहमन्त्री थापा

देश विकास र सुरक्षाका निम्ति कडा कानून आवश्यकः गृहमन्त्री थापा

काठमाडौं, जेठ ८ गते । गृहमन्त्री रामबहादुर थापा (बादल) ले देश विकास र सुरक्षाका निम्ति कडा कानूनको आवश्यकता रहेको बताएका छन् ।    

नेपाल कानून आयोगले ‘जग्गा प्राप्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’बारे बुधबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री बादलले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको आवश्यकता रहेको भन्दै कानून निर्माणमा रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने बताए । 

कानून आयोग र कार्यदलले मेहनेतका साथ विधेयक तयार पारेकामा धन्यवाद दिँदै नेपाली जनताको हित, राष्ट्रको विकास तथा सुरक्षाका दृष्टिले विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री थापाले भूमिसम्बन्धी नीति ठीक ढङ्गले बनाउन नसक्दा र भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा देश विकासले गति लिन नसकेको औँल्याए ।