नेपालमा अमेरिकी हस्तक्षेप बन्द गर

नेपालमा अमेरिकी हस्तक्षेप बन्द गर

काठमाडौ । आवश्यक परेको बेला चीन र भारतबीचको दुरी बढाउने आफ्नो दीर्घकालीन योजना कार्यान्वयन गराउने उद्देश्यले नेपालस्थित अमेरिकी दूतावासले कुटनीतिक मर्यादा उल्लंघन हुने गरी आएको  गतिविधि विरूद्ध सरकारको ध्यान पुगेको छ ।

परराष्ट्र मन्त्रालयले नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी र काठमाडौस्ति अमेरिकी दूतावासको यस्ता हर्कतको विरोध गरेको छ ।

अमेरिकी राजदूत ¥याण्डी बेरीले कुटनीतिक मर्यादा विपरीत नेपाली जनतासँग साप्ताहिकरूपमा अन्तक्र्रिया गर्ने गरी समाजिक सञ्जालमा एक कार्यक्रमको आयोजना गरेका छन् ।

‘राजदूतसँग गफगाफ’ नाम दिएर अमेरिकी दूतावासले आफ्नो फेसबुक र ट्विटर पेजमा यस्तो साप्ताहिक अन्तक्र्रियाको आयोजना गरेको छ ।

यसमा नेपाली जनतालाई जेसुकै सोध्न मन लागे अमेरिकी राजदूतसँग सोध्नुस भनिएको छ । यो कार्यक्रमको आयोजना गर्न अघि राजदूत ¥याण्डीले सरकारको नाडी छाम्न बिना कुनै अनुमति लिइ नेपालका विभिन्न क्षेत्रमा त्यहाँका जनसमुदायसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै आएका थिए ।

आम नेपालीहरूको तर्फबाट केही आपत्ति उठाइएको भएपनि त्यसलाई सरकारले महत्व नदिएपछि ¥याण्डीले यसलाई अझ बढी ठोसरूपमा अगाडि बढाउने योजना बनाएको देखिएको छ ।

अमेरिकी दूतावासको सो सामाजिक सञ्जाल पेजमा राजदूत ¥याण्डीको आलोचना शुरू भएपछि परराष्ट्र मन्त्रालयले अमेरिकी राजदूतको यो हर्कतको विरोध गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले नेपालीहरूसँग कुनै राजदूतले यसरी अन्तक्र्रिया गरि हिँडेको कुटनीतिक अभ्यास नभएको टिप्पणी गरी विरोध जनाएका हुन् ।

उनले भने “ अमेरिकी राजदूतको यस्तो व्यवहार हुनुहुँदैन् । दूतावासलाई केही भन्नु छ भने त्यो सरकारलाई सीधा भने हुन्छ ।”

आम नेपालीले अमेरिकी दूतावासको यो हर्कतलाई विरोध गरिरहेका बेला दूतावासले आफ्नो बचाउ गर्दै यसलाई सार्वजनिक कुटनीतिकको भाग भनेको छ ।

यो कुटनीति अमेरिकाले नेपालमा ७२ वर्षदेखि गरी आएको दाबी गरेको छ ।

दूतावासको जवाफमा नेपालीले भन्न थालेका छन्“ अमेरिकाका लागि कुनै देशको राजदूतलाई यसरी अन्तक्र्रिया गर्न पाउने छुट छ र ?”

यो सार्वजनिक कुटनीतिको नाम गर्न खोजिएको हस्तक्षेपको आधारशीला विस्तार गर्न खोजिएको क्रियाकलाप भएको आम नेपालीको बुझाइ रहेको छ ।

दूतावास निकटहरूका अनुसार चीन अमेरिकासम्बन्धको तनावका लागि चाहिने इन्धनको व्यवस्थापन नेपालको भूमिबाट गर्न खोजिएको छ ।

नेपालमा ठोस स्थिति निर्माण गरि यी उदीयमान दुबै देश भारत र चीनलाई सहजै हाँक्न सकिने छ ।

सरकार आफैले कुटीतिक पहलमा देखाएको कमजोरीले यस्तो अवस्था आएको कतिपयको बुझाइ छ ।

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यका अनुसार यो कुटनीतिक नियोगसँग आवश्यकरूपमा गर्नुपर्ने पहलको अभावले हुन गएको देखिएको छ ।

चीन र भारतको उदयले दक्षिण एसियाको भूराजनीतिक अवस्थालाई बदल्दै आएकोमा अमेरिकी दूतावासको गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने कुटनीतिक विज्ञहरूको बुझाइ छ ।