कतारमा हुने फिफा विश्वकपमा टोली संख्या विस्तारको योजना थन्कियो

कतारमा हुने फिफा विश्वकपमा टोली संख्या विस्तारको योजना थन्कियो

काठमाडौ । सन् २०२२मा कतारमा आयोजना हुने फुटबल फिफा विश्वकपमा फुटबल टीमको संख्या बढाउने योजना थन्किन पुगेको छ ।

फिफाले यस्तो जानकारी दिएको हो । सन् २०२२मा ४८ राष्ट्रले भाग लिने गरी योजना बनाइपनि अब ३२ राष्ट्रले मात्र भाग लिने भएका छन् ।

फिफनले वि    द्यमान अवस्थामा टोली सहभागीता विस्तारको योजनाका लागि चाहिने परामर्शको प्रस्ताव बनाउन गाहं्रो भएकाले यो योजनालाई छाडिएको फिफा अध्यक्षले जनाए ।

फिफाको विज्ञप्तिामा ५ जुनमा बस्ने फिफा कंग्रेसमा थप टोली सहभागी गराउने प्रस्ताव सामेल नगरिएको उल्लेख गरिएको छ ।

४८ टोलीको साथ हुँदा कतार विश्व कपबाट ३० करोड देखि ४० अमेरिकी डलर बराबरको अतिरिक्त आमदानी गर्ने अवस्था रहेको एक अध्ययन प्रतिवेदनतमा उल्लेख गरिएको छ ।

विशेषरूपमा फिफाले टीभीलाई प्रसारण गर्न दिने अनुमतिबाट अतिरिक्त १२ करोड, बजार व्यवस्थापन अधिकारबाट १५ करोड र टिकट बिक्रीबाट ९० करोड अमेरिकी डलर बराबरको आमदानी हुने उल्लेख गरिएको छ ।