प्रहरी र लुटेरा समुहबीच भिडन्त, आठ लुटेरा पक्राउ

प्रहरी र लुटेरा समुहबीच भिडन्त, आठ लुटेरा पक्राउ

जनकपुर, ९ जेठ । प्रहरी र भारतीय लुटेराबीच गएराती धनुषाको जनकपुर ८ स्थित बिहार कुण्डमा भिडन्त भएको छ । भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागेर एक लुटेरा घाइते भएको छ भने केही थान हतियारसहित अन्य लुटेराहरुलाई पक्राउ गरेको छ । 

भारत बिहार राज्यको समस्तीपुरबाट लुटेराहरु जनकपुरधाम ८ स्थित विहार कुण्डमा लुटपाट गर्न आएको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोली र लुटेरा समूहबीच भिडन्त भएको हो । प्रहरीको कारवाही पश्चात लुटेराहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा एक लुटेरा घाइते भएको र उनको जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले जानकारी दिए । 

लुटपाट गर्न आएका अन्य सात जना लुटेराहरुलाई पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रमुख पालले बताए ।