चुनावको नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई ! 

चुनावको नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई ! 

काठमाडौं, ९ जेठ । भारतीय लोकसभा निर्वानको मतगणना आजदेखि सुरु भएको छ । मत गणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा निकट राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) अगाडि देखिएको छ । ५४३ लोकसभा सिट मध्ये भाजपा एक्लै ३२९ सिटमा अगाडि रहेको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्रीलाई बधाई दिएका छन् । बिहीबार उनले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

प्रधान्त्रीको यो ट्वीट भारतीय सञ्चारमाध्यमहरुमा व्यापक रुपमा समाचार बनेका छन् । अल इण्डिया रेडियो न्यूजले समेत यो समाचारलाई प्राथमिकता दिएको छ ।