फ्रान्सको ‘वल्र्ड पिस नाइट’मा नेपाली नायीका प्रियंका कार्की

 फ्रान्सको ‘वल्र्ड पिस नाइट’मा नेपाली नायीका प्रियंका कार्की

एजेन्सी । फ्रान्समा भएको कान्सको रेड कार्पेटमा पहिलो पटक नेपाली अभिनेत्री प्रियंका कार्कीले सहभागिता जनाएकी छिन् । 

नायिका कार्की केही दिनअघि मात्रै फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी हुन् ।

गत सोमबार आयोजित ‘वल्र्ड पिस नाइट’ मा कार्की सहभागी भइन् । समारोहमा सहभागी भएको तस्विरहरु प्रियंकाले आफनो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । कान्समा उनी गोल्डेन गाउनमा सजिएकी थिइन् । 

प्रियंका नर्वेजि फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।