नरेन्द्र मोदीलाई प्रचण्डको शुभकामना 

नरेन्द्र मोदीलाई प्रचण्डको शुभकामना 


काठमाडौं, ९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई नेकपा अध्यक्ष प्रचण्डले बधाई दिएका छन् । 

लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले समाजिकसञ्जालमार्फत बिहीबार बधाइ दिएका हुन् । यद्यपी मतगणना भने अझै सकिएको छैन । आजै साँझसम्ममा मतपरिणाम आउने विश्वास गरिएको छ ।