मोदीको पुनरोदय अन्तर्राष्ट्रिय भूराजनीतिक बदलावको संकेत

मोदीको पुनरोदय अन्तर्राष्ट्रिय भूराजनीतिक बदलावको संकेत

काठमाडौ । भारतको तल्लो सदन लोकसभाको  चुनावमा प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनं (एनडीए) को ऐतिहासिक जीतले विश्वको भूराजनीतिक बदलावको संकेत गरेको छ ।

विश्वका प्रभावशाली सञ्चार प्रतिष्ठानहरूले पनि यस किसिमको संकेत गरेका छन् । यो जीतमा प्रधानमन्त्री मोदीको युगलाई संस्थागत गर्ने संकेत पनि दिएको छ ।

बेलायती उपनिवेश पछि विचारधारात्मक रूपमा भारतको संघीय सत्ताको नेतृत्व लिन सक्ने मोदी दोस्रो शक्तिशाली प्रधानमन्त्रीको रूपमा आफूलाई स्थापित गराउन सफलता पाएको देखिएको छ ।

पहिलो निर्वाचित प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको युग पछि कुनै प्रधानमन्त्रीको नामलाई ब्रान्ड बनाएर लगातार चुनावमा यस्तो जीत हात पारिएको यो पहिलो पटक हो ।

सन् २०१४मा मोदीको जीतमा भारतीय जनता पार्टीका तर्फबाट पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी जस्ता नेताको अनुहारलाई अगाडि सारिएको थियो भने भाजपाले एक्ला मोदीलाई ब्रान्ड बनाएर चुनावमा होम्ने निर्णय गरेको थियो ।

त्यसैले यो चुनाव मोदीको ब्रान्डको जीत पनि हो र यसले मोदी युगको संस्थागत गर्ने प्रयास गरेको संकेत गरेको हो ।

यो जीतले अन्तर्राष्ट्रिय रूपमा अल्झेर रहेका प्रमुख विवादमा अमेरिका चीन युद्ध, अमेरिका इरान युद्ध, भारत पाकिस्तान विवाद जस्ता विषयमा स्थापित पुराना अडानहरूमा परिवर्तन गर्न सक्ने संकेत गरेको छ ।

अमेरिका र चीनबीचको सम्बन्धलाई नयाँ परिभाषाका लागि भारतको यो चुनाव महत्वपूर्ण रहेको कतिपयको बुझाइ छ ।

 मोदीको जीतका बारेमा बेलायती अखबार ‘द गार्डियन’ ले मोदीको  भाजपाले फेरि कमाल ग¥यो उल्लेख गरेको छ ।

त्यसैगरी अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ले मोदीको बलियो छविका कारण यो जीत भएको उल्लेख गरेको छ । 

परम्परागत शत्रुको रूपमा रहेको पाकिस्तानको ‘द डन’ले मोदीको  यो जीत पास्तिान विरोधी नीति पर लाहा छाप भएको उल्लेख गरेको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण शेयर बजार ओरालो लागेको थियो भने मोदीको जीतको संकेतले शेयर बजार उकालिनुले पनि अन्तर्राष्ट्रिय बजारलाई नियन्त्रण गर्ने शक्तिमा बदलाव हुन सक्ने देखाएको कतिपयको बुझाइ छ ।

मोदीले व्यापारका लागि अपनाएको नीति, कर प्रणालीमा परिवर्तन र भ्रष्टाचारमा अंकुश लगाउने प्रयासलाई भारतीय जनताले विशेषरूपले सहयोग पु¥याएको अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रले उल्लेख गरेको देखिएको छ ।

 भारतको प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीलाई गुमाउन पुगेका छन् ।

अहिलेसम्म ५४२ स्थानका लागि मत गणनाको परिणाम अनुसार भाजपा गठबन्धनले ३४४ स्थानमा जीत हासिल गरेको छ ।

कांग्रेस गठबन्धनले ९६ स्थानमा जीत हासिल गरेको छ । समाजवादी र बहुजन समाजवादी गठबन्धनले १५ स्थान तृणमूल कांग्रेस २२ स्थान र अन्य समूहले ४७ स्थानमा जीत हासिल गरेको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेका १८ स्थानमा भाजपा गठबन्धन ८ स्थानमा र अन्य समूहले १० स्थानमा अग्रता लिएको देखिएको छ ।

सन् २०१४को निर्वाचनमा भाजपा गठबन्धनले  ३३६ स्थान, कांग्रेस ६४ स्थान सपा बसपा ५ स्थान तृणमूल कांग्रेस ३४ स्थान र अन्य समूहले १०८ स्थानमा जीत हासिल गरेको थियो ।

भाजपा गठबन्धन र कांग्रेस गठबन्धनले ५ वर्ष अघिको तुलना सांसद संख्यामा बृद्धि गरेको छ भने तृणमूल कंग्रेस र अन्य समूहले आफ्नो सांसद संख्या गुमाएको देखिएको छ ।सपा बसपाले पनि बढी सीट प्राप्त गरेको छ ।