'खतरनाक भएपनि हुआवेइ व्यापार सम्झौताको विषय बन्न सक्ने' -ट्रम्प 

'खतरनाक भएपनि हुआवेइ व्यापार सम्झौताको विषय बन्न सक्ने' -ट्रम्प 

काठमाडौ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ठूलो टेक कम्पनी हुआवेइ विवादलाई दुई देशबीचको व्यापार युद्ध समाप्त पार्न आवश्यक हुने व्यापार सम्झौताको भाग बनाएर समाधान गर्न सकिने बताएका छन् ।

यसो भनिरहँदा ट्रम्पले हुआवेइलाई धेरै खतरनाक भन्न भने छुटाएनन् ।

दूरसञ्चार उपकरण बनाउने विश्वकै ठूलो कम्पनीको रूपमा मानिएको हुआवेइका उपकरण राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दै अमेरिकाले गत सातादेखि यो कम्पनीसँगको कारोबारमा प्रतिबन्ध लगायो ।

ट्रम्पले भने “हुआवेइ धेरै खतरनाक छ । तर यसलाई दुई देशबीचको व्यापार सम्झौतामा सामेल गरी समाधान खोज्न सकिन्छ ।”

ट्रम्पले अमेरिकी चीन व्यापार युद्ध छिट्टै समाधान हुने सम्भावना व्यक्त गरेपनि यी दुई देशबीचको उच्चस्तरीय वार्ताबारे कुनै तिथिमिति तोकेनन् ।

यी दुई देशबीचका उच्चस्तरीय वार्ता टोलीको वार्ता दुई साता अघि समाप्त भएको थियो । तर यी दुईबीच कहिले वार्ता हुने त्यसको मिति तय गरिएको थिएन् ।