आजको समाजवाद

आजको समाजवाद

भरत पोखरेल

आज भन्दा चार दिन अगाडि मे २० सोमवारको दिन अमेरिकामा ग्यालोप पोलले एउटा सर्भेको नतिजा प्रकाशित गर्यो । यही वर्षको अप्रेल १७–३० मा अमेरिकीहरूमा गरिएको यो सर्भेको उद्देश्य अमेरिकी जनमानसमा समाजवादप्रतिको अवधारणाको अनुसन्धान थियो । 

सन १९४२ मा रोपर–फोरचुन सर्भेसँगको तुलनामा अमेरिकी समाज पहिला भन्दा झन बढी विभाजित भएको देखाइएको छ । सन १९४२ मा २५ प्रतिशत अमेरिकी समाजवादलाई राम्रो मान्थे भने अहिले ४३ प्रतिशत अमेरिकी समाजवादप्रति सकारात्मक रहेको देखिएको छ । यही अवधिमा ४० प्रतिशत अमेरिकी समाजवादलाई नराम्रो मान्थे भने अहिले ५१ प्रतिशत अमेरिकी समाजवादलाई नराम्रो मान्ने देखिएका छन् । 

सन १९४२ मा ३४ प्रतिशत अमेरिकी समाजवाद बारे थाहा छैन भन्थे भने अहिले त्यो प्रतिशत ६ मा झरेको छ । वर्तमान समयमा १० जना अमेरिकीमा ४ जना समाजवादप्रति सकारात्मक छन् ।

विश्वमा वितेका ५० वर्षमा मानिसहरूको समाजवादबारे अवधारणा कस्तो छ विभिन्न अनुसन्धानहरूको परिणाम हेर्दा समाजवादप्रति मानिसहरूको आकर्षण बढेकै देखिन्छ । सन १९४९ मा पुँजीवादी ९प्रजातान्त्रिक० व्यवस्था मन पराउने ७२ प्रतिशत मानिसहरू थिए भने सन २०१९ मा यो सँख्या घटेर ५७ प्रतिशतमा झरेको छ । यही अवधिमा समाजवाद मन पराउनेहरूको संख्या १४ बाट बढेर २९ प्रतिशत पुगेको छ । कम्युनिस्ट व्यवस्था मन पराउनेको संख्या चाहिँ ९ बाट घटेर ६ प्रतिशतमा झरेको छ र कुनै व्यवस्था बारे जानकारी छैन भन्नेहरूको संख्या ५ बाट बढेर ८ प्रतिशत पुगेको छ । एउटा भनाइ छ समाजवाद एउटा यस्तो टोपी हो जुन सबैको शिरमा सजिलै सजिन्छ । वितेका ५० वर्षमा विश्वमा २९ प्रतिशत समाजवादी सरकारहरूको सहभागिता देखिएको छ ।