गर्भपतनको माग गर्नु हत्या गर्न ठेक्कामा हत्यारा बोलाउनु जस्तै हो र ?
काठमाडौ अमेरिकामा गर्भपतनको माग चर्किरहेका बेला क्रिश्चियन धर्मका सबैभन्दा ठूलो धर्म गुरू पोप फ्रान्सिसले गर्भपतनको माग गर्नु भनेको हत्या गर्न ठेक्कामा हत्यारा बोलाउनु जस्तै भएको भनी कटु आलोचना गरेका छन् ।
अमेरिकाका कतिपय प्रान्तहरूमा सशर्त गर्भपतनको अधिकारसम्बन्धी कानुनको विरोधमा प्रदर्शन चर्किरहेका बेला प्रदर्शनकारीहरूको माग प्रति कठोर आलोचना गर्दैै पोपले यस्तो टिप्पणी गरेका हुन् ।
गर्भपतन विरोधी कार्यक्रमलाई सम्बोधन गर्दै उलने भने “ मानव जीवलाई समाप्त पार्नेहरूलाई कुनै क्षमा दिनु हुँदैन् ।”
कार्यक्रमा उनले चिकित्सा शर्तका आधारमा भ्रूण कमजोर रहेको र जन्मने वित्तिकै नवजात शिशु मृत्यु हुन सक्ने अवस्थामा पनि त्यसको हत्या गर्न गर्भपतन गर्न नहुने बताए ।
उनले प्रश्न गर्दै भने “ जीवनको समस्या समाधान गर्न त्यसलाई फाल्ने वैधानिकता दिन मिल्छ र ? यो समस्याको समाधान गर्न कुनै हत्यारालाई ठेक्का दिने कार्यलाई वैधानिकता दिन मिल्छ र ?”
कमजोर वा बिरामी भ्रुणलाई सम्भव भएसम्म सबै उपचार उपलब्ध गराउनु पो पर्ने हो त भन्दै उनले गर्भपतनको मागलाई विरोध गरे ।
अमेरिकाका आधा जति प्रान्तहरूले सशर्त गर्भपतनसम्बन्धी विधेयक पारित गरिसकेको र बाँकी प्रान्तहरूले यसको तयारीमा रहेका बेला उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया