दलाई लामासँग कुरा गर्न चीनलाई अमेरिकाको आग्रह

दलाई लामासँग कुरा गर्न चीनलाई अमेरिकाको आग्रह


काठमाडौ । अमेरिकाले चीनलाई तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामासँग कुरा गर्न आग्रह गरेको छ । चीनका लागि अमेरिकी राजदूत  टेरी ब्रान्स्टडले चीनले दलाई लामासँग कुराकानी गर्नुपर्ने बताएका हुन् ।

ब्रान्स्टडले गत साता तिब्बतको भ्रमण गरेका थिए । चीन र अमेरिकाबीचको व्यापार युद्ध चर्किरहेका बेला उनले तिब्बतको भ्रमण गरेपछि चीनमा उनको व्यापक आलोचना भयो ।
तिब्बतको भ्रमणका बेला राजदूतले तिब्बतका सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

निर्वासित लामा र उनका अनुयायीहरूलाई कसरी तिब्बत फर्काएर बस्न पाउने व्यवस्था मिलाउन सकिन्न्छ त्यसबारे चिनियाँ सरकारले संवाद गर्नुपर्ने विषयलाई राजदूतले प्रोत्साहन गरेको  दूतावासकी एक प्रवक्ताले बताइन् ।

सन् १९५३ देखि तिब्बत छोडेर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका ८३ वर्षीय लामा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइसकेका छन् ।