घट्टेकुलो र सुकेधारा विस्फोटमा विप्लवको संलग्नता

घट्टेकुलो र सुकेधारा विस्फोटमा विप्लवको संलग्नता

१२ जेठ, काठमाडौं । घट्टेकुलो र सुकेधारा विस्फोटमा विप्लव संलग्नता भएको पाइएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता भएको खुल्न आएको छ । त्यसैगरी सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता भएकोले यी दुवै विस्फोट घटनामा विप्लपको संलग्नता पुष्टि भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको जनाएको छ ।

सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् ।

सुकेधारा र  घट्टेकुलो  दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ ।

घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।