आज पत्रकार शहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस

आज पत्रकार शहिद कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस

काठमाडौ ।पत्रकार तथा साहित्यकार शहिद  कृष्णसेन ‘इच्छुक’को १७औँ स्मृति दिवसलाई देशभरका पत्रकारहरूले विभिन्न कार्यक्रम मनाइरहेका छन् ।

प्रेस सङ्गठन नेपालले  सेन स्मृति दिवसलाई नेकपाको पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

सङ्गठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले आउने सोमबार सो दिवस मनाउने निर्णय गरेको थियो ।

सङ्गठनको तर्फबाट संयोजक दाहाल र सहसंयोजक गणेश बस्नेतद्वारा जारी संयुक्त विज्ञप्ति अनुसार नेकपाका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुनेछ ।

बैठकले ७७ वटै जिल्लामा सङ्गठनको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने निर्णय गरेको छ ।

बैठकले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ र ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ पुरस्कार सिफारिश समिति गठन गरेको छ ।

पुरस्कार सिफारिश समितिको संयोजकमा बलराम थापा र सदस्यमा सइन्द्र राई, देविका घर्ती मगर, मनोज घर्ती मगर र टेकराज थामी रहेका छन् ।