खाडी क्षेत्रमा अनाक्रमण सन्धी खोज्दै इरान

खाडी क्षेत्रमा अनाक्रमण सन्धी खोज्दै इरान

काठमाडौ । इरानले आफूमाथि अमेरिकाले थोपरेको चौतर्फी सैनिक र कुटनैतिक दबाबको सामना गर्न खाडी क्षेत्रमा छिमेकीसँग अनाक्रमण सन्धीकोि प्रस्ताव अगाडि बढाएको छ ।

 अमेरिकी आक्रमणबाट जोगाउन सक्ने क्षमता रहेको बताउँदै इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले छिमेकीसँग अनाक्रमण सन्धीको प्रस्ताव अगाडि बढाएका हुन् ।

इराकको राजधानी बगदादमा इराकी समकक्षी मोहम्मद अल हकिमको उपस्थितिमा आयोजित संयुक्त प्रेस सम्मेलनलाई सम्बोधन गर्ने क्रममा इरानी विदेशमन्त्री जरिफले यस्तो प्रस्ताव सारेका हुन् ।

खाडीका कुन कुन देशसँग यो प्रस्ताव अगाडि बढाइएको हो  त्यसबारे उनले केही खुलाएनन् ।

इरानको जलीय क्षेत्रवरिपरि अमेरिकाले आफ्ना जंगी जहाज र सेनालाई तैनाथ गरेर तनावको स्थिति सिर्जना गरिदिएको छ ।

इरानमाथि यस किसिमको सैनिक तैनाथी अमेरिकाले इरानसँसग गरिएको परमाणु कार्यक्रमसम्बन्धी बहुपक्षीय सन्धीबाट फिर्ता भएर गरेको हो ।

अमेरिकाको यो हर्कतको युरोप, चीन र रूस लगायतका देशहरूले विरोध गरेका छन् ।

खाडी क्षेत्रमा इरान एक प्रभावशाली देशको रूपमा रहेको छ ।