विप्लवको बन्द प्रभाव काठमाण्डौमा न्यून, लामो दूरीका सवारी भने ठप्प 

विप्लवको बन्द प्रभाव काठमाण्डौमा न्यून, लामो दूरीका सवारी भने ठप्प 

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव यसअघिको भन्दा बढी परेको देखिन्छ यद्यपी काठमाडौं उपत्यकामा बन्दको असर न्यून देखिन्छ। विहानै भने चहलपहल अन्य दिनको तुलनामा न्यून थियो । यसअघिको बन्दमा उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन निर्वाध रुपमा भए पनि आज सार्वजनिक यातायात चलाउन ब्यवसायी हच्किएका छन्। उपत्यका बाहिर जाने लामो दूरीका सवारी भने चलेका छैनन् । राजमार्गहरु प्रायः ठप्प छन्।

आज सवै विद्यालयहरु बन्द गरिएका छन्। बन्दको अघिल्लो दिन उपत्यकामा भएको श्रृखलावद्व विस्फोटका कारण जनजीवन त्रसित बनेको कारण यसअघिको तुलनामा सार्वजनिक सवारी कम चलेको हो।

निजी, तथा अत्यावश्यक सवारीसाधन पनि तुलनात्म रुपमा कमै चलेको पाइन्छ । पानी, दूध, औषधि बोक्ने सवारी तथा एम्बुलेन्सहरू भने सञ्चालित छन्।

आइतबार सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको थियो। केही घाइते भएका छन्। राजधानीका विभिन्न स्थानमा बम फेला परेको थियो। केही स्थानको बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको थियो।