उपेन्द्रलाई पार्टी जिम्मा लगाएपछि बाबुरामका जोइपोइ मधेशी ! 

 उपेन्द्रलाई पार्टी जिम्मा लगाएपछि बाबुरामका जोइपोइ मधेशी ! 

काठमाडौं, १२ जेठ । डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दा धेरै ठाउँमा ‘पूर्व’ भनि सम्बोधन गर्नुपर्ने बेला आएको छ । उनलाई ‘पूर्व’ भनि सम्बोधन गरिने पदहरु धेरै छन् ।

पूर्व एकताकेन्द्र मसाल, पूर्व माओवादी नेता, पूर्व प्रधानमन्त्री, पूर्व नयाँ शक्ति पार्टी संयोजक, पूर्व आर्किटेक्ट, वा अन्य यस्तै...।

‘पूर्व’ पदधारी बाबुराम भट्टराई यतिबेला भने पूर्व माओवादी नेता उपेन्द्र यादव अध्यक्ष भएको समाजवादी पार्टीमा जोडिन पुगेका छन् । उनी जता जता जोडिन्छिन् उनकी श्रीमती तथा पूर्व माओवादी नेतृ हिसिला यमी पनि उतै जोडिने त भइहालिन् ।

उपेन्द्र यादवले खुवाएको शपथ ग्रहण गरेपछि यतिबेला बाबुराम भट्टराई मात्र होइन उनकी श्रमती पनि मधेशी भएकी छिन् । यसको प्रमाण बाबुराम भट्टराईको सामाजिक सञ्जाल फेशबुक हेर्दा प्रस्ट हुन्छ ।

बाबुरामले आफ्ना जोइपोईको फोटो पोष्ट गर्दै आफूहरु मधेरी भएको जनाएका छन् । सारी चोलोमा सजिएकी श्रीमती र कमिज पाइन्टमा सजिएका श्रीमानलाई हेर्दा मधेशी देखिएला कि? आदिवासी जनजाती देखिएला कि? खस आर्य देखिएला कि अरु कुनै ? यो खुट्याउने जिम्मा भने तपाई पाठकको !