एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता डगमगाउँदैनः प्रचण्ड

 एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता डगमगाउँदैनः प्रचण्ड

विराटनगर, १३ जेठ, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताएका छन् । उनले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको पनि बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको हुनसक्ने बताए । विप्लव वार्तमा आए उनको पार्टीमाथि लगाइएको प्रतिबन्ध हट्न सक्ने विषय ठूलो नभएको प्रचण्डको भनाइ थियो । 

मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रचण्डले सबै क्षेत्र र समुदायलाई एकताबद्ध गर्ने र विकास र समृद्धिको नयाँ अभियानद्धारा समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी आफुहरुको काँधमा रहेको औँल्याए ।