भविष्यको बजारमा विदेशी लगानी ल्याउने चिनियाँ योजना

भविष्यको बजारमा विदेशी लगानी ल्याउने चिनियाँ योजना

काठमाडौ  । चीनले भविष्यको बजारमा विदेशी लगानी ल्याउने योजना बनाइरहेको छ ।

सेक्युरिटीज रेगुलेटर कमिसनले जनाए अनुसार  चीनले रबर, धान र मलखादको भविष्य बजारलाई गति दिन विदेशी लगानी ल्याउन खोजेको छ ।

कमिसनका महानिर्देशक लु दोङशेङले भने “राज्यको स्वामित्वमा रहेका कम्पनी, नीजी स्वामित्वमा रहेका कम्पनी र संस्थागत लगानीकर्ताहरूको कम्पनीलाई भविष्यका उत्पादनहरूमा लगानी लगाउन चीनले प्रोत्साहन गर्नेछ ।”

उनले यो संघाइ डेरिभेटिभ्स मार्केट्स फोरममा आयोजित कार्यक्रममा यस्तो जानकारी दिए ।

यसअघि संघाई फ्युचर एक्सचेन्जका प्रमुख कार्यकारी सी  झियोङले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि यो बजार खुला गरिने जनाएका थिए ।