धार्मिक र साम्प्रदायिक विभाजन : मोदी जीतको आधार

धार्मिक र साम्प्रदायिक विभाजन : मोदी जीतको आधार

लक्ष्मण पन्त

भारतको लोकसभाका पाँच सय ४२ स्थानमध्ये तीन सय तीन स्थानमा जीत हासिल गरेर भारतीय जनता पार्टी संसदको सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । २०१४ को लोकसभा निर्वाचनमा सो पार्टीले दुई सय ८२ स्थान प्राप्त गरेको थियो । अहिलेको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले ५२ स्थान प्राप्त गरेर दोस्रो सबैभन्दा ठूलो पार्टी बनेको छ । २०१४ को लोकसभा निर्वाचनमा सो दलले ४४ स्थान प्राप्त गरेको थियो ।

भारतको नेपाल नीति नेहरुको पालादेखि नै एउटै छ त्यो हो नेपाललाई आफ्नो करेसोबारीका रुपमा हेर्ने, नेपाललाई पश्चिमा र भारतीय धुरीबाट फुत्कन नदिन भरमग्दुर प्रयास गर्ने । नेहरुकालीन त्यो  नीतिमा भाजपा जति  चोटि सरकारमा आए पनि र जतिसुकै प्रचण्ड बहुमतका साथ सत्तामा आए पनि केही फरक पर्ने देखिन्न । भाजपा सरकारले नेहरुकालीन यसै नीतिलाई निरन्तरता दिने भरमग्दुर प्रयास गर्नेछ ।      

अप्रिल ११ देखि मे १९ तारीखसम्म सात चरणमा सम्पन्न भएको मतदान लगत्तै गरिएका विभिन्न मत सर्वेक्षणहरुले यसपटक पनि नरेन्द्र मोदी र उनको दलको सरकार गठन हुने प्रक्षेपण गरेका थिए तापनि भाजपाले यति धेरै चुनावी सफलता हासिल गर्न सक्ने अनुमान कसैको पनि थिएन । यो विजय भाजपाका लागि पनि अप्रत्याशित हो किनकि आफ्नै बलबुतामा भाजपा एक्लैले बहुमत ल्याउने अड्कल भाजपा स्वयम्लाई पनि थिएन । भाजपा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको मुख्य दल हो । 
     
भारतीय जनता पार्टीको यो अभुतपूर्व विजयका पछाडि तीनवटा मुख्य कारणहरु रहेका छन् । तीमध्ये पहिलो कारण धार्मिक हो । भारतीय जनता पार्टी र उसको मातृ संगठन राष्ट्रिय स्वयम् सेवक संघ कट्टर हिन्दुवादी संगठन हो । राष्ट्रिय स्वयम् सेवक संघ (आर.एस.एस.) भाजपाको मार्गदर्शक संगठन हो । भारतका ८० प्रतिशत हिन्दुहरु र उनीहरुले मान्दै आएको हिन्दु धर्म र संस्कृतिमाथि मुस्लिम धर्मावलम्बीहरुबाट खतरा रहेको कथ्य निर्माण गर्न भाजपा र त्यस निकट अनेकौं हिन्दु संगठनहरुले हासिल गरेको सफलता नै भाजपाको विजयको मुख्य आधार हो । 

चौतीस वर्षसम्म एकछत्र नेतृत्व गरेका भारतका वामपन्थीहरुको पराजयको मुख्य कारणको जनताका आवश्यकता परिपूर्तिमा असफल हुनु वा जनाकांक्षा सम्बोधनमा असफल हुनु, बदलिदो परिस्थिति अनुसार आफूलाई विचारधारात्मक र सांगठनिक रुपमा आफुलाई ढाल्नमा पूर्णरुपमा असफल रहनु  हो ।

भारतभरि केन्द्रदेखि गाउ“ र टोलसम्म फैलिएका आर.एस.एस. का लाखौं शाखाहरुको जालो छ । हिन्दु धर्म र संस्कृतिको रक्षा गर्ने घोषित उद्देश्य राख्ने ती शाखाहरुमा करोडौं हिन्दु स्वयम्सेवकहरु जोडिएका छन् । धर्मभिरु भारतीय आधारभूत तह र तप्काको जनतामात्र होइन, मध्यम वर्गसमेतले भाजपा र त्यसका नेता नरेन्द्र मोदीलाई  हिन्दुहरुको रक्षकको रुपमा देख्न पुग्नु नै जीतको पहिलो आधार हो ।
    
लगभग डेढ शताब्दी पहिले माक्र्सले भनेका थिए कि धर्म जनताका लागि अफिम हो । माक्र्सवादको कट्टर विरोधी भाजपाका चुनावी रणनीतिकारहरुले माक्र्र्सको उपरोक्त कथनको मर्म अवश्य नै बुझेका छन् । उनीहरुले अहिलेको निर्वाचनमा यो कुरा राम्रो गरी महसुस गरेको हुनुपर्छ कि जनतालाई धर्मको नशा पिलाइदिएपछि निर्वाचनमा दलका लागि भोट खस्ने मात्र होइन बर्सिने नै रहेछ । 
     
सवा अर्ब भारतीय जनतामा धार्मिक र साम्प्रदायिक विभाजन खडा गरेर निर्वाचनमा भारतीय जनता पार्टीले विजय हासिल गर्नु सो पार्टीका लागि त सुखद होला तर बहुसंख्यक र अल्पसंख्यकबीच विभाजनको चिनिया“ पर्खाल खडा गरेर र घृणाको बिजारोपण गरेर हासिल गरिएको यो विजयले पहिलेदेखि नै धार्मिक र साम्प्रदायिक रुपमा विभाजित भारतीय समाज अझै विभाजित हुने छ, थप कमजोर बन्ने छ । 

भाजपा जीतको गुढ आधार 

भारतीय जनता पार्टीको यो जीत भारतका २० करोड मुस्लिमहरुप्रति घृणामा आधारित छ । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पार्टीका शक्तिशाली नेता नरेन्द्र मोदी, अमित शाह, योगी आदित्यनाथ आदिका अभिव्यक्तिहरुबाट यो  प्रमाणित हुन्छ ।  संविधानतः भारत बहुलवादमा आधारित एउटा धर्मनिरपेक्ष राज्य हो । तर भारतीय जनता पार्टीको यो जीत बहुलवाद, धर्मनिरपेक्षता, जनसमुदायबीच धार्मिक सद्भाव र  मित्रतामा होइन शत्रुतामा आधारित जीत बन्न पुगेको छ । भाजपाको यो जीतले भारतीय समाजलाई जोड्ने होइन तोडने खतरा प्रबल बनेको छ । यसै बिन्दुबाट अस्थिरता चाहने साम्राज्यवादी शक्तिहरुले भारतमा  खेल्ने र द्वन्द चर्काउने अवसर पाउने सम्भावना प्रबल बन्न गएको छ  । 

आउ“दा दिनहरुमा त्यसको चर्को मूल्य भारतीय आम जनसमुदायले चुकाउनु नपर्ला भनेर भन्न सकिन्न । मोदीले २०१४को निर्वाचन सबैको साथ सबैको विकास भन्ने नारामा लडेका थिए । तर विगत पा“च वर्षको अवधिमा भारतमा जसरी मुस्लिम र दलितहरुमाथि हिंसाका घटनाहरुमा निरन्तर वृद्धि हु“दै गयो यसबाट स्पष्ट हुन्छ कि यो नारा केवल चुनावी नारामा मात्र सीमित रहन गयो ।  अहिलेको निर्वाचनमा विजय हासिल भए लगत्तै मोदीले सबैको साथ, सबैको विकास र सबैको विश्वास भन्ने नया“ नारा अगाडि सारेका छन् ।  

मुलुकको राष्ट्रिय सुरक्षामात्र होइन, आन्तरिक सुरक्षा समेत कश्मिरी पृथकतावादीहरु, माओवादीहरु र विभिन्न मुस्लिम संघसंस्थाहरुबाट खतरा रहेको र आफूलाई धर्मनिरपेक्ष भन्ने विभिन्न राजनीतिक दलहरुबाट समेत मुलुकको आन्तरिक सुरक्षामा खतरा रहेको कथ्य निर्माण गर्न मोदी–शाह युगल सफल हुनु भाजपाको जीतको तेस्रो महत्वपूर्ण कारण हो । 

भारतीय जनता पार्टीको विजयको दोस्रो महत्वपूर्ण कारण हो राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको सच्चा पहरेदारका रुपमा नरेन्द्र मोदीको ब्राण्ड स्थापित गर्न सफल हुनु । ८० भन्दा बढी भारतीय सैनिकहरुको ज्यान जाने गरी भएको काश्मिरको पुलवामा हमला भाजपा र नरेन्द्र मोदीका लागि एउटा सुनौलो अवसर बनेर उपस्थित भएको थियो । पुलवामा हमलामा पाकिस्तानको हात थियो वा पृथक कश्मिरका लागि आन्दोलनरत कश्मिरी लडाकूहरुको हात थियो वा  अरु केही ? यो रहस्यकै गर्भमा छ । भारतले पुलवामा हमलाको प्रत्युत्तरमा पाकिस्तानको बालकोटमा हवाई आक्रमण गरेको थियो । भारतको यो भनाई रहेको थियो कि पुलवामा हमलामा संलिप्त आतंकवादीहरुका पाकिस्तानको बालकोटस्थित अखडाहरुमाथि हवाई आक्रमण गरेर भारतीय सैनिकहरुले उल्लेख्य रुपमा क्षति पु¥याउन सफल भएका थिए । 

अर्कोतिर पाकिस्तानले पुलवामा हमलामा आफ्नो कुनै हात नरहेको र भारतको बालकोटमाथि गरिएको हवाई आक्रमण र त्यहा“ भएको क्षतिको दावी तथ्यहीन रहेको बताएको थियो । जे भए पनि भाजपाले पुलवामामा भारतीय सैनिक टुकडीहरुमाथि भएको हमलाको चुनावी फाइदाको लागि भरपुर उपयोग गर्न सफल भयो । यहासम्म कि मोदीले चुनावी सभाहरुमा पुलवामा हमलामा मारिएका सैनिकहरुको नाममा भोट दिन पनि मतदाताहरुलाई आव्हान गरेका थिए । बाह्य रुपमा भारतमाथि पाकिस्तानको खतरा रहेको देखाएर मतदाताहरुको मनमा पाकिस्तानको काल्पनिक भय स्थापित गर्न र चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि पाकिस्तानको भय दोहन गर्न  भाजपाको चुनाव प्रचार संयन्त्रले कुनै कसर बाँकी नराख्नु नै मोदीको निर्वाचनमा जीतको अर्को महत्वपूर्ण कारण हो । 

पाकिस्तान विरोधी रवैया 

पाकिस्तानलाई शत्रुको रुपमा चित्रित गरेर वा पाकिस्तानको निन्दा गरेर भाजपाले आफुलाई कट्टर राष्ट्रवादीको रुपमा चित्रित गर्न सफल हुनु र त्यसको परिणामस्वरुप चुनावी बम्पर बाली स्याहार्न सफल हुनु भाजपाका लागि क्षणिक रुपमा सुखद हुन सक्छ । तर यसबाट दक्षिण एसियाकै शान्ति र स्थिरतामा खलल पुग्न जानेछ ।  

राष्ट्रिय सुरक्षा र राष्ट्रियताका नाममा भाजपा र मोदीले जुन निर्वाचनमा विजय हासिल गरे त्यही ढर्रामा मुस्लिम जनता र पाकिस्तानलाई शत्रुवत व्यवहार गर्ने हो भने त्यस्ले दक्षिण एसियालाई एकताबद्ध बनाउन मद्दत गर्ने छैन । यो सार्कको भावना विपरीत हुनेछ । यसले पुनः दक्षिण एसियाको एकतालाई तोड्न कमजोर बनाउन र दक्षिण एसियाका साना र कमजोर राष्ट्रहरुमा विभाजन र भय उत्पन्न गराउन मद्दत गर्नेछ । त्यस अतिरिक्त आफ्ना आन्तरिक कमजोरीहरुमाथि पर्दा हाल्न अन्य मुलुकहरुमाथि दोष थोपर्ने र निर्वाचनमा विजय हासिल गर्ने विशेषतः भारतीय संसदीय प्रजातन्त्रको गलत परम्परालाई नै यसले मजबुत बनाउने छ । भारत पाकिस्तान लगायतका अस्थिरता हिंसा र आतंकवादका शिकार बनिरहेका मुलुकहरुलाई यसले थप अस्थिर बनाउने छ । 

कथित आन्तरिक सुरक्षाको मुद्धा 

मुलुकको राष्ट्रिय सुरक्षामात्र होइन, आन्तरिक सुरक्षा समेत कश्मिरी पृथकतावादीहरु, माओवादीहरु र विभिन्न मुस्लिम संघसंस्थाहरुबाट खतरा रहेको र आफूलाई धर्मनिरपेक्ष भन्ने विभिन्न राजनीतिक दलहरुबाट समेत मुलुकको आन्तरिक सुरक्षामा खतरा रहेको कथ्य निर्माण गर्न मोदी–शाह युगल सफल हुनु भाजपाको जीतको तेस्रो महत्वपूर्ण कारण हो । 

समग्रमा चुनाव जित्ने रणनीति अन्तर्गत सिर्जना गरिएका राम, राष्ट्रियता र राष्ट्रिय सुरक्षाका मुद्दाहरुमा केन्द्रित रहेर भाजपाले चुनावी सफलता हासिल गरेको हो । 

उपरोक्त अतिरिक्त मोदीको चमत्कारीक नेतृत्व शैली, चुनावी कुशलता, मोदी ब्राण्डको जबर्जस्त मार्केटिङ, कमजोर विपक्ष आदिका कारण पनि भाजपाले प्रचण्ड विजय हासिल गर्न सफल भएको हो । 

बामपन्थीको विजोग

यो निर्वाचनमा भारतका वामपन्थी, प्रगतिशील र धर्मनिरपेक्ष शक्तिहरुले गम्भीर पराजयको सामना गर्नु परेको छ । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले जम्मा तीन स्थानमा विजय हासिल गरेको छ भने भारतीय कम्युनिस्ट पार्टीले जम्मा दुई स्थानमा जीत हासिल गरेको छ । कुनै जमानामा पश्चिम बंगाल, त्रिपुरा र केरलामा अत्याधिक बहुमतका साथ सरकार बनाउन सफल भारतीय कम्युनिस्टहरुको यो अहिलेसम्मको गम्भीर पराजय हो । सबैभन्दा आश्यर्चजनक त यो रहेको छ कि पश्चिम बंगालमा कम्युनिस्ट पार्टीले एउटा पनि सिट प्राप्त गर्न सकेन । पश्चिम बंगाल त्यो राज्य हो जहाँ वामपन्थीहरु ३४ वर्षसम्म निरन्तर चुनाव जितेर सरकारको नेतृत्वमा रहेका थिए । त्यसैगरी केरल त्यो राज्य हो जहाँ भारतीय कम्युनिस्ट पार्टी १९५७ मा संसदीय निर्वाचनबाट सरकारमा पुगेको थियो । केरलको कम्युनिस्ट सरकार विश्वमै चुनावबाट सरकारमा पुग्ने पहिलो सरकार थियो ।

 नेपालका बामपन्थीलाइ गम्भीर शिक्षा 

भारतमा वामपन्थीहरुको गम्भीर पराजय नेपालका संसदीय कम्युनिस्टहरुको लागि एउटा गम्भीर सबक हो । ती सबकहरु के के हुन त्यसको  चिरफार यो छोटो आलेखमा सम्भव छैन । तर एउटा मुख्य कुरा ढुक्क साथ के भन्न सकिन्छ भने चौतीस वर्षसम्म एकछत्र नेतृत्व गरेका भारतका वामपन्थीहरुको पराजयको मुख्य कारणको जनताका आवश्यकता परिपूर्तिमा असफल हुनु वा जनाकांक्षा सम्बोधनमा असफल हुनु, बदलिदो परिस्थिति अनुसार आफूलाई विचारधारात्मक र सांगठनिक रुपमा आफुलाई ढाल्नमा पूर्णरुपमा असफल रहनु  हो ।  

नेपालको हकमा पनि कम्युनिस्ट सरकारले यही कुरा दोहो¥याउने हो भने अबका केही वर्षहरुभित्रै भारतीय कम्युनिस्टहरु जस्तै नेपालका कम्युनिस्टहरु पनि बढारिने छैनन् भनेर भन्न सकिन्न । 

मोदी विजयको नेपाल प्रभाव 

भाजपा र मोदीको पुनरोदयको नेपालमाथि कस्तो असर पर्ला भनेर यसरी  विश्लेषणहरु हुने गरेका छन्  मानौ भाजपाले भारतमा होइन नेपालमा चुनाव जितेको होस् । यसरी भए गरिएका विश्लेषणहरुलाई दास मनोवृत्तिको उपज बाहेक अरु केही भन्न सकिन्न । जसरी नेपालमा कम्युनिस्टहरुको शानदार चुनावी विजयहरुले भारतीय कम्युनिस्टहरुलाई कुनै पनि प्रकारको प्रभाव पार्न सकेन ठीक त्यसरी नै भाजपाको विजयले न त यहा“ हिन्दु लहर आउन सक्छ न  त्यसबाट भारतीय राज्यको नेपाल नीति वा विदेश नीतिमा नै तात्विक अन्तर आउन सक्छ ।

किनकि नेपालको इतिहास, संस्कृति, राजनीतिक संस्कार र मनोविज्ञान भारतभन्दा आधारभूत रुपमा फरक छ । अर्को बिर्सनै नहुने तथ्य यो हो कि भारतको नेपाल नीति नेहरुको पालादेखि नै एउटै छ त्यो हो नेपाललाई आफ्नो करेसोबारीका रुपमा हेर्ने, नेपाललाई पश्चिमा र भारतीय धुरीबाट फुत्कन नदिन भरमग्दुर प्रयास गर्ने । नेहरुकालीन त्यो  नीतिमा भाजपा जति  चोटि सरकारमा आए पनि र जतिसुकै प्रचण्ड बहुमतका साथ सत्तामा आए पनि केही फरक पर्ने देखिन्न । भाजपा सरकारले नेहरुकालीन यसै नीतिलाई निरन्तरता दिने भरमग्दुर प्रयास गर्नेछ । यो कुरा पक्कै हो कि नेपालमा पनि आफूमैत्री सरकार स्थापित होस् भन्ने चाहना भारतीय जनता पार्टी र नरेन्द्र मोदीको हुन सक्छ । पार्टीगत रुपमा नेपालका दक्षिणपन्थी शक्तिहरु र भाजपाको सम्बन्ध सुदृढ हुनेछ ।

भारतमा कुन दलको कस्तो सरकार आउँछ त्यो भारतका जनताको आन्तरिक मामिला हो । नेपालले भारतमा बन्ने जुनसुकै सरकारसित पनि नआत्तिइकन र नमात्तिइकन सहज रुपमा आफ्नो राष्ट्रिय हितमा र समानताका आधारमा मैत्रीपूर्ण, गाढा र असल छिमेकीको सम्बन्ध कायम गर्नुको अन्य कुनै विकल्प छैन ।