चाम्लिङ आउट, गोले इन: गुरु गुण, चेला चिनी

चाम्लिङ आउट, गोले इन: गुरु गुण, चेला चिनी

सिक्किम । ३२ सदस्यीय विधान सभामा १७ सिट सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) बहुमतमा आएपछि पवन चाम्लिङ २५ वर्षपछि पहिलो पटक सत्ता बाहिर पुगेका छन् । चाम्लिङले नेतृत्व गरेको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ)ले १५ सिट ल्याएर प्रतिपक्षी दल बनेको छ  । एसकेएम पार्टीले राज्याल गंगा प्रसादलाई सरकार बनाउने दावी पनि पेश गरेको छ ।

तर मुख्यमन्त्री को बन्ने प्रश्न भने काँचै छ । एसकेएमका सुप्रिमो पिएस गोले विधानसभामा अयोग्य घोषित भएकाले निर्वाचन लडेनन् । पार्टी बैठकले भने उनैलाई विधानसभा दलको नेता चुन्न अधिकार दिएको छ । उनी भ्रष्टाचारको मुद्धामा एक वर्ष जेल बसेर रिहा भएका हुन । सन् २०१७ मा उनलाई विधायक पदमा अयोग्य घोषित गरिएको थियो ।

चामलिङ १२ डिसेम्बर १९९४ देखि लगातार २०१९ अप्रिलसम्म पाँच पटक राज्यको मुख्यमन्त्री पदमा बहाल थिए । हालै भएको सिक्किम विधानसभा चुनावमा उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्टलाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पराजित गरेको हो ।
 

गुरु चेलाको राजनीति:

कुनै बेला सिक्किम संग्राम परिषदका नेता नरबहादुर भण्डारीले सिक्किमको राजनीतिमा पवन चाम्लिङलाई ल्याएका थिए । उनलाई भण्डारीले शिक्षामन्त्रीसम्म बनाए । उनै चाम्लिङले गुरु भण्डारीको विरुद्ध एसडिएफ पार्टी गठन गरेर उनलाई सिक्किमको राजनीतबाट किनारा लगाइ दिएका थिए । भण्डारीको केही वर्ष अगाडि मृत्यु भैसकेको छ । यतिखेर उनै चाम्लिङले सिक्किमको राजनीतिमा ताते गराएका पिएस गोलेले चाम्लिङलाइ नै सत्ता बाहिर पु¥याइदिए । र, गुरु गुण चेला चिनी उखान यहिँनेर आएर चरितार्थ भएको छ ।