मानिस सीधा तन्केर कसरी हिँड्न सक्ने भए ? 

मानिस सीधा तन्केर कसरी हिँड्न सक्ने भए ? 

काठमाडौ । करोडौ वर्ष अघि आकाशमा ताराहरू विस्फोट भइ सर्वविनाशकारी आँधी मुक्त भएको र त्यसपछि मानिस सीधा हिँड्न थालेको एक उत्साहवद्र्धक अध्ययनले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार करोडौ वर्षअघि आकाशमा ताराहरू एक पछि अर्को गरी विस्फोट भए । सर्वविनाशकारी चट्याङहरू निस्किए । यस्तो भएपछि मानिसहरू सीधा तन्केर हिड्न सकेको उनीहरूले बताएका छन् ।

आकाशमा प्रकाशको ठूलो शक्तिशाली पुञ्जको रूपमा चिनिएको सुपरनोभा तारा ८० लाख वर्ष अघि फैलिन शुरू भएको  थियो ।

यी सपरनोभाहरू २६ लाख वर्ष अघि चरमरूपमा फैलियो  त्यसपछि यी सुपरनोभाहरू पड्किन थाल्यो ।

यसले पुथ्वीका प्रजातिहरूलाई सीधा उभिन गरी विकास गराएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

सोपरनोभाहरूले पुथ्वीकिो तल्लो वायुमण्डलमा इलेक्ट्रोनहरूका तरङ उत्पन्न गरायो ।

यसले जङ्गलका विभिन्न ठाउँमा आगो लगायो ।

यसले रूखहरूलाई जलायो र खुला हवाले भरिएको जङ्गललाई चौरको रूपमा विकास गरायो ।

यसले जङ्गली जन्तुलाई रूखमा चढ्ने आवश्यकताबाट मुक्त गराएको हुन सक्ने कन्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययनले देखाएको छ ।

सुपरनोभा अघि पूर्व ऐतिहासिक कालका मानिसहरू हातखुट्टा दुबैको सहयोगले हिँडथे र कहिलेकाँही खुट्टामा मात्रै पनि  हिँडथे होला ।

यसरी खुला चौरको अवस्था उनीहरूलाई एक रूखबाट अर्को रूखसम्म पुग्नका लागि हिँडन परेको थियो होला र त्यसपछि उनीहरूले राम्ररी सीधा तन्केर हिँडन सक्ने भएको अध्ययनका लेखक एड्रिन मेलोटले बताए ।

मानिस कसरी सीधा तन्किएर हिँडन सक्ने भए भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको थियो ।

तर यो नयाँ अध्ययनले यो सुपरनोभाको परिणाम भएको दाबी गरेको छ । यस्तो सुपरनोभाको घटना तत्कालै छिट्टै हुन सक्ने पूर्वानुमान गर्न सकिएको छैन् ।