गरिब र लोकतान्त्रिक गणतन्त्र सँगै जान नसक्ने प्रधानमन्त्रीको सन्देश

गरिब र लोकतान्त्रिक गणतन्त्र सँगै जान नसक्ने प्रधानमन्त्रीको सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने बताएका छन् ।

जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको जनाउँदै प्रधानमन्त्री ओलीले  यस्तो बताएका हुन् ।

यसका लागि उनले सबैको साथ अपरिहार्य रहेकोले सहयोग गर्न गणतन्त्र दिवसको अवसरमा बुधबार जारी गरेको  शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन् “हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो ।

जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।”

उनलेल यो संकल्पलाई सार्थक पार्न सबै पेशा, व्यवसायीहरुको साथ सरकारलाई रहने विश्वास पनि व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसले गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको बताउँदै प्रधानमन्त्रीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने जनाए ।

प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छा शक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर रहेको उनले जनाएका छन् ।