चाम्लिङ फायर : गोले शासन सुरु

चाम्लिङ फायर : गोले शासन सुरु

 

सिक्किम, २७ मे २०१९ । प्रेमसिंह तामाङ (पीएस गोले) ले सोमवार सिक्किमको नयाँ मुख्यमंत्रीको शपथ लिए । क्रांतिकारी मोर्चा (एसकेएम) के अध्यक्ष तामाङलाई राज्यपाल गंगा प्रसादले पलजोर स्टेडिययमा उनलाई मुख्यमंत्री पदको शपथ ग्रहण गराएका हुन । तामाङले नेपाली भाषामा सपथ लिँदा स्टेडियममा उपस्थित सिक्किम क्रांतिकारी मोर्चाका हजारौं कार्यकर्ताले उनको समर्थनमा नारावाजी गरे ।

चाम्लिङ अनुपस्थित :

सपथ ग्रहण कार्यक्रममा राज्यका पूर्व मुख्यमंत्री पवनकुमार चाम्लिङ र सिक्किम डेमोक्रेटिक फ्रंट (एसडीएफ) का वरिष्ठ नेता शपथ ग्रहण समारोहमा आएनन् । चाम्लिङको अनुपस्थिति लोकतान्त्रिक संस्कार विपरीत भएको चर्चा सिक्किमका बुद्धिजीवीहरुले गरेका छन् ।

चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)का पनि संस्थापक सदस्य रहेका गोलेले पूर्व मुख्यमंत्रीको पार्टी परत्याग गर्दै सन् २०१३ मा सिक्किम क्रान्तिकारी मोर्चा बनाई उनले एसडीएफमाथि भ्रष्टाचार र कुशासनका आरोप लगाउँदै आएका थिए । मोर्चा गठनको एक वर्षपछि सन् २०१४ सालमा भएको विधानसभा चुनावमा मोर्चाले १० सिट जितेको थियो । तर सन् २०१७ मा गोलेलाई चाम्लिङले गाई काण्ड लगाएर जेल पठाएका थिए । यता उनका दस विधान सभाका सदस्यमध्ये ७ जनालाई चाम्लिङले आफ्नै पार्टीमा ल्याए । 

उनी यसपटकको विधानसभा सदस्य छैनन् । भ्रष्टाचारको एक मामिलामा दोषसिद्ध हुने मध्यनजर गर्दै चुनाव अधिकारीले नामांकन खÞारेज गर्ने डरले गोलेले यो पटकको विधानसभा चुनाव नलड्ने फैसला गरेका थिए । ३२ सदस्यीय सिक्किम विधानसभामा मोर्चाले बहुमत ल्याएको छ । मोर्चाले ३२ मा १७ सिट ल्याएको छ, जबकि एसडीएफ ले १५ सिट मात्र प्राप्त ग¥यो । यसरी सिक्किम क्रांतिकारी मोर्चाले २४ वर्षपछि चाम्लिङलाई सत्ताबाट विमुख गरिदिएको छ ।