चिनियाँ राष्ट्रपति भारत जुनसुकै बेला जान सक्ने
१५ जेठ, काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिन भारतको भ्रमणमा जुनसुकै बेला जान सक्ने भएका छन् ।
गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको उहानमा आयोजित पहिलो अनौचापरिक शिखर सम्मेलनमा भाग लिएका थिए ।
त्यसबेला उनले राष्ट्रपति सीलाई भारतको तल्लो सदन लोकसभा निर्वाचनपछि भारतको अनौपचारिक शिखर सम्मेलनमा आउन निम्तो गरेका थिए ।
भारतका विदेश मन्त्रालयले जनाए अनुसार सीको अनौचारिक शिखर सम्मेलन यो वर्ष जुनसुकै बेला हुन सक्ने छ ।
मोदीले उहानमा सीलाई गरेको आग्रह पूरा गर्न यो भ्रमण हुने छ । विदेशमन्त्रालयका प्रवक्ताका अनुसार दुई देशका कूटनीतिज्ञहरूले सीको यो अनौपचारिक शिखर सम्मेलनको मिति र स्थान तय गर्न एकआपसमा छलफल गरिरहेका छन् ।
मोदी र सीले विगतमा दुई देशबीचको तनाव कम गर्न र व्यापार सम्बन्धलाई बलियो पार्न धेरै पटक भेटिसकेका छन् ।
प्रतिक्रिया