प्रधानमन्त्री ओलीलाई चौथो विद्यावारिधि उपाधी !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टरको उपाधि प्राप्त भएको छ । ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्वीट गर्दै सो को पुष्टि गरेका छन् ।
केही समयअघि प्रधानमन्त्री ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले नेपालको लोकतन्त्रमा योगदान पुर्याएबापत मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।
प्रधानमन्त्री ओलीले त्यसअघि भारतको उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरिसकेको छ।
सन् २०१० मा काठमाडौंमै ग्रिनफोर्ड विश्वविद्यालले उनलाई मानार्थ विद्यावारिधि दिएको थियो।
प्रतिक्रिया