सुनकोसी–मरिण डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना, बजेट २ अर्ब ५ करोड

सुनकोसी–मरिण डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना, बजेट २ अर्ब ५ करोड

काठमाडौं, १५ जेठ । सरकारले आउँदो वर्षदेखि सुनकोसी मरिण डाइभर्सन योजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउने भएको छ । यसको लागि २ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ ।

सुनकोशीमा बाँध बाँधेर १३ किलोमिटर लामो सुरुङमार्फत् सिन्धुलीकै मरिणखोलामा पानी झारिने छ । त्यहाँ ४३ मेगावाट विद्युत पनि उत्पादन गरिने छ ।

६६ मिटर हेटडबाट पानी झारेर बिजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-६ को सितलपाटी खाल्टेमा बाँध बनाएरसुरुङ मार्फत मरिणमा पानी खसालिनेछ ।

समृद्ध तयारी सिँचाइ आयोजनाको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ । सिँचाइ क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ छुटयाएइएको छ ।

राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबइ डाइभर्सन, बबइ डाइभर्सन बहुउदेश्यीय सिँचाइ आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।