सांदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय 

 सांदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय 

काठमाडौं, १५ जेठ । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै सांदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय गरेको छ । 

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए ।