खेलकुदमा बजेटः ३ अर्ब ९९ करोड

खेलकुदमा बजेटः ३ अर्ब ९९ करोड

काठमाडौं, १५ जेठ । सकारले आर्थिक वर्ष २०७६ ०७७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा गरेको बजेट भाषण गर्दै युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

काठमाडौं उपत्याकामा अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।