सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । आज संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।

आर्थिक बर्ष २०७६ /०७७ को बजेट सार्बजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षा निकायका लगायत सबै कर्मचारीको तलब बढाएको हो ।  सरकारले विभिन्न पदमा फरक अनुपातमा आधारभूत तलब बढाएको छ । जस अनुसार  नायब सुब्बा सम्म पदका कर्मचारीको २० प्रतिशतले बढेको छ भने त्यसभन्दा माथीका कर्मचारीको तलब १८ प्रतिशतले बढेको छ ।