मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन् प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।

ओलीलाई बिदाई गर्न सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
ओली शुक्रबार स्वदेश फर्किनेछन् ।