सिक्किमका मूख्यमन्त्रीहरुः लेण्डुपेदेखि गोलेसम्म

सिक्किमका मूख्यमन्त्रीहरुः लेण्डुपेदेखि गोलेसम्म

सन् १९७५ मा स्वतन्त्र सिक्किम भारतमा विलयभएपछि त्यहाँ ६ जनाको मूख्यमन्त्रीय कार्यकाल सकिएको छ । यतिखेर सिक्किममा पिएस गोले मूख्यमन्त्री भएका छन् । उनी सिक्किमको सातौं मूख्यमन्त्री हुन । उनले लगातार २५ वर्षसम्म मूख्यमन्त्री भएका पवन चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ) लाई पराजित गरेर सत्ता हत्याएका छन् ।

यी हुन् मूख्य मन्त्रीहरु :

काजी लेण्डुप दोर्जी :

सिक्किमलाई भारतमा विलय गराउने प्रमुख भुमिका खेलेका काजी लेण्डुप दोर्जी सिक्किमका पहिलो मूख्यमन्त्री हुन् । उनलाई देशघात गर्ने प्रतिक पात्रको रुपमा पनि लिइन्छ । नेपाली राजनीतिक कोशमा राष्ट्रघात गर्नेलाइ ‘लेण्डुपे’ भन्ने गरिन्छ । तर, सिक्किममा भने उनलाइ प्रजातन्त्रको पीता भनेर सम्मान गर्ने गरिन्छ । उनले भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट सन् १९७५ मे १६ देखि १७ अगस्त १९७९ सम्म मूख्यमन्त्रीको पदभार सम्हालेका थिए ।

नरबहादुर भण्डारी :
आधुनिक सिक्किमको जग बसाल्नेमा नरबहादुर भण्डारीलाई लिने गरिन्छ । यिनले नेपाली भाषालाई भारतीय संविधानको अनुसूचीमा राखेर मान्यता दिलाउन ठूलो भूमिका खेलेका थिए । यिनी सिक्किमको दूई पटक मूख्यमन्त्री भए । पहिलो पटक यिनी सिक्किम जनता परिषद्को तर्फबाट सन् १९७९ अक्टोबर १८ देखि ११ मे १९८४ सम्म र दोस्रो कार्यकाल सिक्किम संग्राम परिषद्को तर्फबाट २६ नोभेम्बर १९८९ देखि १७ मे १९९४ सम्म पुरा गरे ।

बीबी गुरुङ :

यिनी छोटो कार्यकालको लागि मूख्यमन्त्री भएका थिए । यिनको कार्यकाल ११ मे १९८४ देखि २५ मे १९८४ सम्म थियो । 

सञ्चमान लिम्बू : 

सिक्किमको संक्रमणमा खुब खेलेर यिनी पटकपटक मूख्यमन्त्री भए । पार्टी फुटाउँदै मूख्यमन्त्री हत्याउनेमा यिनको नाम आउँछ । त्रिसंकु विधानसभालाई प्रयोग गर्दै यिनले आफ्नो राजनैतिक दूनो सोझ्याउने काम गरे । १८ मे १९९४ देखि २१ मे २००४ सम्म मूख्यमन्त्री भए ।

पवनकुमार चाम्लिङ : 

नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद्बाट विद्रोह गरी यिनले सिक्किम डेमोक्रेटिक फ्रण्ट बनाए । सिक्किमको राजनीतिमा यिनलाई भण्डारीले ल्याएका थिए । एसडिएफ पार्टीको नेतृत्व गर्दै सिक्किमको इतिहासमा सबैभन्दा लामो कार्यकाल राज्य सरकार चलाए । २५ वर्ष राज्य चलाएको यिनको पार्टी भर्खरै भएको विधानसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चाबाट पराजित भएर विपक्षी ब्रेन्चमा पुगेको छ ।

पिएस गोले तामाङ :

भर्खरै सम्पन्न विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएपछि गोले मूख्यमन्त्री भएका छन् । पवन चाम्लिङको पार्टी एसडिएफको संस्थापक रहेका गोलेलाई चाम्लिङले राजनीतिमा ल्याएका थिए ।
यतिखेर उनै चेलाबाट पराजित भएर चाम्लिङ विपक्षमा पुगेका छन् । गोलेले २७ मे २०१९ देखि मूख्यमन्त्रीको कार्यभार सम्हालेका छन् ।