ट्रम्पले मेक्सिकोलाई थिच्न अतिरिक्त भन्सार महशुल थपे

ट्रम्पले मेक्सिकोलाई थिच्न अतिरिक्त भन्सार महशुल थपे

काठमाडौं । सीमा प्रवेशमा अतिरिक्त भन्सार शुल्क लगाएर विश्वका देशहरूलाई थर्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा उत्पादित सामानहरूलाई अमेरिका प्रवेशका लागि अतिरिक्त भन्सार शुल्क ५ प्रतिशतले वृद्धि गर्ने भएका छन् ।

मेक्सिका उत्पादनहरूमा ५ प्रतिशतको अतिरिक्त भन्सार शुल्कको यो आदेश जुन १० देखि लागु हुने छ । साथै यो अतिरिक्त भन्सार शुल्कलाई विस्तारै बढाएर २५ प्रतिशतसम्म पु¥याउने ट्रम्पले जनाएका छन् ।

मेक्सिकोबाट अमेरिकामा अवैधरूपले हुने आप्रवासनको समस्या समाधान नभएसम्म यो अतिरिक्त महशुलको क्रम चलिरहेन चेतावनी ट्रम्पले दिएका हुन् ।

कोलाराडो स्प्रिङ्सस्थित अमेरिकी वायुसैनिक प्रतिष्ठानलाई सम्बोधन गर्न अघि अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका देशहरूलाई जिस्काउने दौडको यो सबै भन्दा ठूलो दौडको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय संकटकालीन आर्थिक शक्ति ऐनलाई उचाल्दै ट्रम्पले यो ५ प्रतिशतको अतिरिक्त भन्सार करको घोषणा गरेका हुन् ।

यो अतिरिक्त ५ प्रतिशतको भन्सार दर हरेक महिना वृद्धि हुँदै जाने र अक्टोबर सम्म यसलाई २५ प्रतिशतसम्म पु¥याउने ट्रम्पले जनाए ।

ट्रम्पले संवाददाताहरूले भने “ मैले मेक्सिकोसँगको सीमा बन्द गर्न गइरहेको छैन् । मैले अरू केही नै गर्न गइरहेको छु ।”

ट्रम्पले मेक्सिकोलाई चेतावनी दिँदै भने “ मेक्सिकोले सदैव अमेरिकामा हजारौं शरणार्थीलाई पठाउने काम गर्न सक्दैन यसले अमेरिकी सार्वभौम भूमिको नियमलाई उल्लंघन गर्न सक्दैन् ।

मेक्सिकोले यसका लागि निर्णायक मापदण्ड अपनाउँदैन यसको भुक्तान मूल्य चुकाएर गर्नुपर्छ ।”

ट्रम्पको यो घोषणा पछि मेक्सिको मुद्रा पेसा अमेरिकी डलरको तुलनामा धेरै कमजोर स्थानमा पुगेको छ । मेक्सिको सरकारले यसलाई अहिलेसम्मको खतरनाक खतरा भनी टिप्पणी गरेको छ ।

मेक्सिकोबाट अमेरिकाले ३ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको वस्तु आयात सन् २०१८मा गरेको थियो ।

अमेरिकाको प्रतिपक्षी दल डेमोक्रेट्सले फेब्रुअरीमा मेक्सिको सीमामा परखाल बनाउन चाहिने सबै कोष बन्द गरेको थियो ।

यसका लागि चाहिने कोष प्राप्त गर्न ट्रम्पले संकटकालको घोषणा गरेका थिए ।

ट्रम्पको यो चाललाई डेमोक्रेट्सले अदालतमा चुनौती दियो ।

यसबाट ट्रम्पको योजना असफल हुन पुगेको थियो ।