केपी र प्रचण्डबीच विवाद भएकै हो ?

केपी र प्रचण्डबीच विवाद भएकै हो ?

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकीकरण गर्ने बेलामा दुई अध्यक्ष केपी शर्मा ओली र पुस्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कुनै छिपेको विषय होइन । दुई अध्यक्षबीचको लिखित सहमति पनि यसअघि नै विभिन्न मिडिया र कितावमा आइसकेको विषय हो । 


प्रधानमन्त्री केपी शर्मा ओली विदेश गएको सन्दर्भ पारेर लिखित सहमतिलाई नेपाली मिडियामा बेस्सरी प्रचार गरिएको छ । प्रधानमन्त्री केपी ओली भारत गएको बेलामा लिखित सहमति वाहिर ल्याएर अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीलाई दवाव दिएको प्रचार गरिएको छ । 

‘सहमति अहिले होइन वाहिर आएको, बेस्सरी प्रचार गरिएको चाहिं अहिले हो’ नेकपाका एक केन्द्रीय सदस्यले बताए ।


केपी ओली प्रधानमन्त्री भए पनि र प्रचण्ड प्रधानमन्त्री भए पनि हुने सरकार नेकपाको नेतृत्वको हो । मुख्य नेतृत्व र केही मन्त्री बदलिने मात्र हो । नीति उही रहने हो । 


नेता नेताबीच अन्तरविरोध र कटुता बढाएर नेपाल कम्युनिस्ट पार्टी, यसका सरकारलाई कमजोर बनाउने ढंगका योजनाबद्ध प्रचार निरन्तर भइरहेकोमा पनि ती नेताले दुःख प्रकट गरे । 


दुई अध्यक्षबीचका विवाद र असमझदारीका कुरा चिया कपको तुफानमात्र रहेको प्रधानमन्त्री ओली निकट एक नेताले बताए ।