डोनाल्ड ट्रम्पले विश्वलाई मन्दीमा फसाउने आशंका

डोनाल्ड ट्रम्पले विश्वलाई मन्दीमा फसाउने आशंका

एजेन्सी, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई मात्रै नभएर समग्र विश्वलाई नै मन्दीमा फसाउन खोजेको आंशकामा अमेरिकी बजार ढलेको छ ।

मेक्सिकोका सामानलाई अमेरिका प्रवेशमा अतिरिक्त भन्सार शुल्क ५ प्रतिशत देखि २५ प्रतिशतसम्म पु¥याउने ट्रम्पको घोषणा पछि लगानीकर्ताहरूमा यस्तो आंशका पैदा भएपछि बजार ढल्न पुगेको हो ।

चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण चिनियाँ उत्पादनमूलक क्षेत्रको उत्पादन गतिविधिमा कमी आएको देखिएको छ । अमेरिकाको फेडरल रिजर्भले यो वर्ष गरेको दर कटौतीले  ऋणपत्रहरूको आम्दानी तल झरेर मन्दीको संकेत देखा परेको हो ।

जनु १० देखि अमेरिकाले हरेक महिना ५ प्रतिशतका दरले मेक्सिकोका उत्पादनमाथिको अतिरिक्त भन्सार शुल्क २५ प्रतिशतमा वृद्धि हुने ट्रम्पले जनाए पछि बजारले मन्दीको जोखिमको सन्देश दिएको हो ।

मेक्सिको अमेरिकाका लागि एक ठूलो व्यापार साझेदार हो ।