सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन सक्छः वामदेव गौतम

सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन सक्छः वामदेव गौतम

प्युठान १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले दुई अध्यक्षबीच नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन सक्ने बताएका छन् । 

प्यूठानमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले जे सहमति भएको हो, त्यो कार्यान्वयन हुने र उल्लंघन गर्दा पार्टी एकता नै बिथोलिन सक्ने चेतावनी दिए । 

नेता गौतमले मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नपनि बताए । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झन बढेको उनको दाबी छ ।

उनले बजेट जनपक्षीय भएको भन्दै कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे ।