के उपहार दिए ओलीले मोदीलाई ? 

के उपहार दिए ओलीले मोदीलाई ? 


काठमाडौं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रधानमन्त्री पद शपथ ग्रहण समारोहमा शुभकामना दिन भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।

रुद्राक्षको माला हिन्दूधर्म अनुसार भगवान शिवको प्रिय माला एवम् निकै पवित्र बस्तु मानिन्छ । 

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटगर्दै ओलीले उपहारस्वरुप सो माला मोदीलाई प्रदान गरेका हुन् ।