विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश गर्दै

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश गर्दै

१८ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ ले सरकार र विप्लव नेतृत्वको पार्टीका बीचमा वार्ताको तत्काल विकल्प नरहेको बताउँदै आएका थिए । तर, उनको सत्प्रयास असफल भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेको समाचार स्रोतले दावी गरेको छ । उनीसहितको एक टिमले जेठ १९ गते प्रवेश गर्न लागेको सो स्रोतको भनाइ छ । 

राई पूर्व सभासद् तथा मन्त्री हुन । भोजपुरका यी नेता जनतामा असाध्यै लोकप्रिय छन् । जनयुद्धकालमा पनि यिनले यस क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका थिए । 

 नेता राईले एउटा कम्युनिस्ट पार्टीले अर्कोलाई निषेध र प्रतिकार गर्ने कुराले अन्ततः कम्युनिस्ट पार्टी र आन्दोलनलाई नै समाप्त पार्ने धारणा राख्दै आएका थिए । 

यो पनि पढ्नुहोस

 

विप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य भन्छन : ‘वार्ताको विकल्प छैन’