दरबार हत्याकाण्ड १९ वर्ष पुरा: अझै रहस्यको पोल्टामै छ घटना

दरबार हत्याकाण्ड १९ वर्ष पुरा: अझै रहस्यको पोल्टामै छ घटना

काठमाडौं, १९ जेठ ।  २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको दरवार हत्याकाण्डको १९ वर्ष पुर भएको छ । राजपरिवारको बंशनाश हुनेगरी भएको यत्ति ठूलो र त्रासदीपूर्णं घटना अझै पनि रहस्यकै पोल्टामा छ । 
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायत दश जनाको हत्या भएको थियो ।

दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो ।

प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ।
दरबार हत्याकाण्डबारे धेरै पुस्तकहरु लेखिएपनि हत्याका बारेमा कुनै पनि पुस्तकले किटानी गर्न सकेका छैनन् । 

दरबारकै केही मानिसहरुले वीरन्द्र र युवराज दिपेन्द्रको मुकुण्डो लगाएर हत्याकाण्ड मच्चाएको हुने सक्ने बताउँदै आएका छन् । 

रक्तकुण्ड र ‘मैले देखेको दरबार’ लगायतका पुस्तक बजारमा आएका छन् । तत्कालिन राजा वीरन्द्रका सम्पूर्णं परिवारको हत्या भएपछि देशको शासन सत्ता चार वर्ष सम्म उनका भाइ ज्ञानेन्द्र शाहले  चलाए पनि ज्ञानेन्द्रले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अझै जनता उनीप्रति आक्रोशित छन् ।